Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

९ जलविद्युत कम्पनीले साढे २ करोड कित्ता साधारण सेयर निष्कासन गर्दै

ऊर्जा खबर असोज १४, २०७६   2151

सेयर



काठमाडौं— ९ जलविद्युत कम्पनीले साढे २  करोड कित्ता साधारण सेयर निष्कासन गर्ने भएका छन् । कम्पनीले निर्माणाधीन तथा सम्पन्न आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।

कम्पनीले २ करोड ३८ लाख १५ हजार ५ सय ९६ कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । प्रतिकित्ता सय रुपैयाँमा अंकित २ अर्ब ३८ करोड १५ लाख ५९ हजार ६ सय रुपैयाँ मूल्यको सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको हो ।

ad

आवेदक कम्पनीमध्ये सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न मेघा क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ ।

माउन्टेन इनर्जी नेपालले पनि स्थानीय र सर्वसाधारण दुवैका लागि ३९ लाख ३६ हजार ५४ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ मूल्यको सेयर निष्कासन गर्न नविल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

बोर्डको स्वीकृती पर्खिरहेको ग्रिनलाइफ हाइड्रोपावरले पनि ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासनको तयारी गरेको छ । कम्पनीले दोलखामा निर्माणाधीन ४० मेगावाटको खानीखोला–१ जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न बीओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

यस्तै, लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासन गरेर बाँडफाँड गर्न कम्पनीले एनआइबीएल एसीइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

शुभम पावर कम्पनीले सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता सेयर निष्कासन गर्दैछ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सीबीआइएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेर प्रक्रिया अघि बढाएको छ ।

मैलुङ इनर्जी नेपालले सर्वसाधारणका र स्थानीयका लागि छुट्याएको ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्वार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

यस्तै, सीइडीबी हाइड्रोपावर डेपलपमेन्टले २५ लाख १८ हजार २ सय ३०, एनआरएन इन्फ्राइस्ट्रकचर एण्ड डेपलपमेन्टले ३३ लाख ९८ हजार ४६, युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरले १० लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएका छन् । यी कम्पनीले सेयर निष्कासन गर्न क्रमशः सनराइज क्यापिटल, सानिमा क्यापिटल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेका छन् ।

सेयर निष्कासन अनुमतिका लागि कम्पनीले बोर्डमा आवेदन दिइरहेको बेला विद्युत नियमन आयोगले भने आइपिओ (साधारण सेयर) निष्कासन गर्न निर्माणाधीन आयोजनाको काम ५० प्रतिशत पूरा हुनुपर्ने सर्त लागु गरेको छ । पछिल्लो समय सुरुमै आइपिओ निष्कासन गर्ने र संस्थापकले आफ्नो लगानी सुरक्षित गर्ने गलत परिपाटी विकास हुँदै गएकोले यो सर्त लागु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="