body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

असोज २३ बाट आँखुखोलाको साधारण सेयर बिक्री खुल्ला गरिने

   असोज १६, २०७५        1728        ऊर्जा खबर

काठमाडौं– आँखुखोला जलविद्युत कम्पनीले आगामी असोज २३ गतेबाट साधारण सेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले धादिङमा सञ्चालित ८.४ मेगावाटको आँखुखोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत सेयर बिक्री खुलाउन लागेको हो ।

प्रतिकित्ता सय रुपैयाँ अंकित १३ करोड ७६ लाख २ हजार मूल्य बराबरको १३ लाख ७६ हजार २० कित्ता साधारण सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । निष्कासन हुन लागेको सेयरमध्ये १२ करोड मूल्य बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत हो । १ लाख ७६ हजार २० कित्ता आयोजना प्रभावित स्थानीयले खरिद नगरेर बाँकी रहेको सेयरसहित साधारण सेयर निष्कासन गर्न लागिएको हो ।

सेयर खरिदकर्ताले असोज २३ देखि छिटोमा २६ गते र ढिलोमा कात्तिक ६ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । सेयर खरिद गर्न न्युनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

निष्कासन हुने साधारण सेयरमध्ये ६८ हजार ८ सय १ कित्ता सामुहिक लगानी कोष र २७ हजार ५ सय २० कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी सेयर सर्वसाधारणमा बिक्री गरिनेछ ।

सेयर निष्काशन तथा बाँडफाट गर्न सिभिल क्यापिटल मार्केट लि. लाई बिक्री प्रवन्धक नियुक्त गरिएको छ । आवेदनको दिने अवधि पूरा भएपछि साधारण सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि  अायाेजना प्रभावित स्थानीयका लागी ८ करोड मूल्य बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये अावेदन परेकाे ६ लाख २३ हजार ९ सय ८० कित्ता सेयर स्थानीयमा बाँडफाँड गरेकाे थियाे ।

कम्पनीले निर्माण गरेकाे अायाेजनाले २०७० बाट नियमित विद्युत उत्पादन गर्दै अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7