Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६५७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९४६ मे.वा. घन्टा
  • भारत : ६३४४ मे.वा. घन्टा
  • ट्रिपिङ : ५० मे.वा. घन्टा
  • माग : १९९१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बलेफी हाइड्रोपावरले साढे ३६ लाख कित्ता सेयर निष्कासन गर्ने

ऊर्जा खबर श्रावण १५, २०७६   958

सेयर



काठमाडौं– बलेफी हाइड्रोपावर कम्पनीले साढे ३६ लाख किता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निर्माणाधीन ३६ मेगावाटको अपर बलेफी ‘ए’ जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेकोे हो ।

सय रुपैयाँमा अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बलेफी ‘ए’ जलविद्युत आयोजना निर्माण गरीरहेको छ । निर्माणाधीन आयोजनाको काम आधाभन्दा बढी पुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="