Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दोर्दी खोलाले ५५ करोड मूल्यको सेयर निष्कासन गर्दै

ऊर्जा खबर जेठ २६, २०७६   793

सेयर



काठमाडौं– दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले करिब ५५ करोड मूल्यको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटका दोर्दी–१ जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि छु्ट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित ५४ करोड ९६ लाख ६९ हजार ६ सय रुपैयाँ बराबरको ५४ लाख ९६ हजार ६ सय ९६ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले अहिले १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना निर्माण गरीरहेको छ । निर्माणधीन आयोजनाबाट २०७६ मंसिरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="