Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ग्रिन लाइफले ३५ लाख कित्ता सेयर निष्कासन गर्दै

ऊर्जा खबर कार्तिक २१, २०७६   190

सेयर



काठमाडौं । ग्रिन लाइफ हाइड्रोपावरले करिब ३५ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन ४० मेगावाटको खानी खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

सय रुपैयाँमा अंकित ३८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३९ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको छ । बोर्डबाट अनुमति पाउनेलगत्तै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

ad

कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरि बाँडफाँड गरीसकेको छ । स्थानीयले नकिनेको बाँकी सेयर समेत थप गरी सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागिएको हो ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बीओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले अहिले ४० मेगावाटको खानी खोला–१ जलविद्युत आयोजना निर्माण गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="