Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३५ लाख कित्ता सेयर निष्कासन गर्दै

ऊर्जा खबर बैशाख १६, २०७६   797

सेयर



काठमाडौं– ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणधीन ४० मेगावाटको खानीखोला–१ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको सय रुपैयाँमा अंकित ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्ने तयारी छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पछि सेयर निष्कासन तथा बाँडफाँड प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बीओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । कम्पनीले दोलखामा निर्माण गरेको आयोजना अन्तिम चरणमा पुगेको छ ।

निर्माणधीन आयोजनाबाट चालु वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना दोलखाको उच्च हिमाली क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="