Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमाल दोलखाको सेयर भर्न ७१ हजारले दिए आवेदन, शुक्रबार अन्तिम दिन

ऊर्जा खबर श्रावण २३, २०७६   1332

सेयर



काठमाडौं– हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर भर्न ७१ हजार सर्वसाधारणको आवेदन परेको छ । इलाममा निर्माणाधीन ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माईसाना क्यासकेड जलविद्युत आयोजनामा लगानी गर्न सर्वसाधारणको आवेदन परेको हो ।

ad

बिहीबार बिहानसम्म ७१ हजार २ सय ४८ सर्वसाधारणको ३० लाख ९४ हजार ६ सय १० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

सर्वसाधारणले आयोजनामा लगानी गर्नका लागि भोली (शुक्रबार) सम्म मात्र आवेदन दिन पाउने कम्पनीले जनाएको छ । छिटोमा असार २९ गतेसम्मको समय तोकिएपनि सबै सेयरका लागि आवेदन परिनसकेकाले अवधि थप गरिएको हो ।

कम्पनीले गत असार २५ गतेबाट प्रतिकित्ता सय रुपैयाँमा अंकित ७६ करोड ७२ लाख रुपैयाँ बराबरको ७६ लाख ७२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासित सेयरमध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीका लागि र २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी  ७४ लाख ९३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले अहिले इलाममा ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माईसाना क्यासकेड एकसाथ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="