Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमाल दोलखा हाइड्रोपावरको सेयर आवेदन अवधि थप

ऊर्जा खबर श्रावण २६, २०७६   1100

सेयर



काठमाडौं– हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर आवेदन दिने अवधि थप भएको छ । कम्पनीले कम मात्रामा सेयर आवेदन परेपछि आगामी मंगलबारसम्मका लागि ३ दिनको समय थप गरेको हो ।

कम्पनीको संस्थापक सेयरधनी, सञ्चालक वा निजको एकाघर परिवार, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा कम्पनीको व्यवस्थापन तथा लेखा सम्बन्धि कार्यमा प्रत्यक्ष संलग्न हुने व्यक्तिका लागि मात्र सेयर आवेदन अवधि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणले आवेदन दिन पाउने छैन ।

ad

इलाममा निर्माणाधीन ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माईसाना क्यासकेड जलविद्युत आयोजनामा लगानी गर्न इन्छुकले आगामी २८ गते बैकिङसमय सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणका लागि गत असार २५ गते खुल्ला गरेको सेयर आवेदन अवधि शुक्रबार (२४ गते) सकिएको छ ।

शुक्रबारसम्म ७३ हजार ९ सय ५३ सर्वसाधारणको ३२ लाख ९० हजार ६ सय कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित ७६ करोड ७२ लाख रुपैयाँ बराबरको ७६ लाख ७२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासित सेयरमध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीका लागि र २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी  ७४ लाख ९३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन खुल्ला गरेको थियो ।

आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले अहिले इलाममा ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माईसाना क्यासकेड एकसाथ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="