Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४२४ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९४०७ मे.वा. घन्टा
  • भारत : ८४२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०६७३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमाल दोलखा हाइड्रोपावरले ७७ करोड मूल्यको सेयर निष्कासन गर्दै

ऊर्जा खबर असार १, २०७६   548

सेयर



काठमाडौं– हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले करिब ७७ करोड मूल्यको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा निर्माणाधीन ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माईसाना क्यासकेड जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित ७६ करोड ७२ लाख रुपैयाँ बराबरको ७६ लाख ७२ हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आगामी असार २५ गतेदेखि सेयर आवेदन खुल्ला हुनेछ ।

ad

निष्कासन हुने सेयरमध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीका लागि र २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकीे ७४ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले छिटोमा असार २९ गतेसम्म र ढिलोमा साउन २४ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले अहिले इलाममा ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माईसाना क्यासकेड एकसाथ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="