Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमाल दोलखाको सेयर आवेदन खुल्यो

ऊर्जा खबर असार २५, २०७६   800

सेयर



काठमाडौं– हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर आवेदन खुलेको छ । कम्पनीले इलाममा निर्माणाधीन ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माईसाना क्यासकेड जलविद्युत आयोजनाको सेयर आवेदन आज (बुधबार) बाट खुलाएको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित ७६ करोड ७२ लाख रुपैयाँ बराबरको ७६ लाख ७२ हजार कित्ता सेयर निष्कासन गरेको छ । निष्कासित सेयरमध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीका लागि र २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकीे ७४ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।

ad

आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले छिटोमा असार २९ गतेसम्म र ढिलोमा साउन २४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले अहिले इलाममा ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माईसाना क्यासकेड एकसाथ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस