Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५१७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५३१५ मे.वा. घन्टा
  • भारत : ११४७४ मे.वा. घन्टा
  • ट्रिपिङ : १२० मे.वा. घन्टा
  • माग : २५४२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

१३ सय कित्तासम्म आवेदन दिने सबैलाई युनिभर्सल पावरको मागे जति सेयर

ऊर्जा खबर फागुन १५, २०७५   2478

सेयर



काठमाडौं– युनिभर्सल पावर कम्पनीको साधारण सेयर बाँडफाँड भएको छ । गत माघ २५ गतेदेखि आवेदन खुला भएको सेयर बुधबार बाँडफाँड गरिएको हो ।

१३ सय कित्तासम्म आवेदन दिने सबैलाई मागे जति नै सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार न्युनतम ५० देखि अधिकतम १३ सय कित्ताको आवेदन दिनेले माग बमोजिम पाएका हुन् ।

१५ सय देखि १० हजार कित्ताको आवेदन भर्ने लगानीकर्तालाई १३ सय ५० कित्ता दिइएको छ । सबै आवेदकलाई दिएर बाँकी रहन आउने १५ सय ७० कित्ताबाट १५ सयदेखि १० हजार कित्ताका लागि आवेदन दिने १ सय ५७ जनाले थप १० कित्ता पाएका छन् ।

माघ २५ देखि फागुन ८ गतेसम्म बिक्री खुला भएको सेयर भर्न १ लाख ५ हजार १ सय १९ जनाको आवेदन परेको थियो । परेको कुल आवेदनमध्ये ४० वटा रद्ध भएको कम्पनीले जनाएको छ ।

कम्पनीले दोलखाको खारेखोलामा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको कम्पनीले ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासन गरिएको सेयरमध्ये ८६ करोड ७४ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । १ लाख ८६ हजार ५ सय ४८ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र ४ लाख ६६ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

कम्पनीकाे निर्माणाधीन आयोजनाबाट २०७६ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="