Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मध्यभोटेकोसीले साधारण सेयर निष्कासन गर्ने

ऊर्जा खबर असोज २८, २०७६   1012

सेयर



काठमाडौं । मध्यभोटेकोसी जलविद्युत कम्पनीले १ कराेड ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेकाे हाे ।

सय रुपैयाँमा अंकित १ अर्ब ५० करोड मूल्य बराबरको साधारण सेयर निष्कासन गर्ने तयारी भइरहेकाे कम्पनीले जनाएको छ । कम्पनीले सेयर  निष्कासन गर्न ग्रेड फोर प्लस रेटिङ पाएकाे छ ।

ad

निष्कासन हुने सेयरमध्ये १० प्रतिशत (६० करोड रुपैयाँको ६० लाख कित्ता) आयोजना प्रभावित स्थानीय र १५ प्रतिशत (९० करोड रुपैयाँको ९० लाख कित्ता ) सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ । नेपाल धिताेपत्र बाेर्डबाट स्वीकृति मिलेपछि सेयर निष्कासन गरेर बाँडफाँड गरिनेछ ।

सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सिबिआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई संयुक्तरूपमा बिक्री प्रबन्धक ताेकिएकाे छ ।

कम्पनीले यसअघि ऋणदाता कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत एक अर्ब १७ करोड रुपैयाँको एक करोड १ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ करोड रुपैयाँको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १.६ करोड रुपैयाँको ६ लाख कित्ता किष्कासन गरेर बाँडफाँड गरिसकेकाे छ ।

कम्पनीले सिन्धुपाल्चाेककाे भाेटेकाेसी नदीमा आयोजना निर्माण गरिरहेकाे छ । आयोजनाकाे ५० प्रतिशत निर्माण पूरा भएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="