Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

न्यादी हाइड्रोपावरले साढे ४० करोड मूल्यको सेयर निष्कासन गर्दै

ऊर्जा खबर असार २४, २०७६   845

सेयर



काठमाडौं– न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साढे ४० करोड मूल्यको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित ४० करोड ५० लाख मूल्य बराबरको ४० लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले अहिले लमजुङमा ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ । निर्माणाधीन आयोजनाबाट आगामी एक वर्षभित्र विद्युत उत्पादन गर्ने ल्क्ष्य छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी मर्स्याङदी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा लगेर जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="