Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पाँचथर पावर कम्पनीले पुस ३० गतेदेखि स्थानीय सेयर निष्कासन गर्ने

ऊर्जा खबर पुष २६, २०७५   2495

सेयर



काठमाडौं– पाँचथर पावर कम्पनी लिमिटेडले आगामी पुस ३० गतेदेखि स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पाँचथरमा सञ्चालित १४.९ मेगावाटको माथिल्लो हेवा खोला ‘ए’ जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन गर्न लागेको हो ।

ad

कम्पनीले आयोजना प्रभावित (फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउपालिका) र जिल्लाबासीका लागि ९ लाख ६२ हजार ५ सय कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्नेछ । प्रतिकित्ता सय रुपैयाँमा अंकित ९ करोड ६२ लाख ५० हजार रुपैयाँ मूल्यको सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

आयोजनामा लगानी गर्ने इच्छुक स्थानीयले छिटोमा माघ १० र ढिलोमा माघ २९ गतेसम्म आवेदन दिन दिइसक्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १० देखि अधिकतम ९ हजार ६ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ad

फिदिमस्थित कुषि विकास बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक, गुडविल फाइनान्स र कम्पनीको फिदिमस्थित कार्यालयबाट सेयर आवेदन दिने व्यवस्था मिलाइएको छ ।

स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड सम्पन्न भएपछि सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले निर्माण गरेकाे अायाेजनाले २ वर्षदेखि विद्युत उत्पादन गर्दै अाएकाे छ ।  विद्युत जाेडिने १३२ केभी काबेली कोरिडोर प्रसारण लाइन निर्माण समयमा पूरा नहुँदा अायाेजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेकाे छैन ।

अहिले ३३ केभी लाइनमा आंशिक विद्युत जोडिएको छ । विद्युत उत्पादन भएको दुई वर्षमा प्रसारण लाइनकै कारण करिब ४० करोड रुपैयाँ  नोक्सान भएको कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="