Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढी र सान्जेनकाे सेयर बाँडफाँड हुँदै, सबै आवेदकले पाउने

ऊर्जा खबर बैशाख १९, २०७६   856

सेयर



काठमाडौं– रसुवागढी हाइड्रो पावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको साधारणा सेयर बिहीबार बाँडफाँड हुँदैछ । गत बैशाख ६ गतेदेखि बिक्री खुलेकाे सेयर बाँडफाँड हुन लागेकाे हाे ।

अपरान्ह ३ बजे विशेष कार्यक्रम गरेर सेयर बाँडफाँड गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । सेयर किन्न आवेदन दिनेकाे उत्साहजनक सहभागिता देखिएकाले सबै आवेदकले २० र ३० कित्ता पाउने सम्भावना देखिएको छ ।

रसुवागढीको सेयर किन्न ३ लाख ७ हजार आवेदकले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले भने ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताका लागि माग आवेदन मागेको थियो । यस आधारमा रसुवागढीमा आवेदन दिने आवेदकले औसतमा ३० कित्ता सेयर पाउने देखिएको छ ।

यसैगरी, सान्जेनको सेयर भर्न ३ लाख ४ हजार २ सय १४ आवेदकले १ करोड ४१ लाख ४१ हजार ७ सय ५० कित्ता किन्न आवेदन दिएका छन् । कम्पनीले ५४ लाख ७५ हजार कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । यस आधारमा प्रतिआवेदक २० कित्ता पर्ने देखिन्छ । ६ लाखभन्दा बढी आवेदकबाट ३ अर्ब १७ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

दुवै कम्पनीले नियमित प्रक्रियाबाट साधारण सेयर निष्कासनको तयारी गरे पनि अन्तिम समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ मा राख्न लगाएका थिए । दुवै कम्पनीले रसुवामा १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटका सान्जेन  र माथिल्लाे सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="