Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

शिवश्रीको सेयर आवेदन दिने भोलि अन्तिम दिन, १७ हजारले दिए आवेदन

ऊर्जा खबर कार्तिक १४, २०७६   462

सेयर



काठमाडौं । शिवश्री हाइड्रो पावरले सिन्धुपाल्चोकमा निर्माणाधीन २२.२ मेगावाटको उपर चाकु ‘ए’ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि निष्कासन गरेको सेयर आवेदन अवधि भोली (शुक्रबार) सकिदै छ । गत असोज १६ गतेबाट खुल्ला गरेको सेयर आवेदन अवधि शुक्रबार साँझ ५ बजेबाट सकिन लागेको हो ।

बिहीबार साँझसम्ममा १६ हजार ७ सय ७१ जनाको ८ करोड ५० लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख ५० हजार ७ सय ५० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्वार्थ क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार कम्पनीको अझै २५ लाख ३ सय ९० कित्ता सेयर बिक्री हुन बाँकी छ ।

ad

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो । सर्वसाधारणले न्युनतम १० देखि अधिकतम १० लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । कम्पनीले अहिले सिन्धुपाल्चोकमा माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="