Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

शिवश्री हाइड्रोको सेयर आवेदन अवधि डेढ साता थप

ऊर्जा खबर कार्तिक १८, २०७६   258

सेयर



काठमाडौं । शिवश्री हाइड्रोको सेयर आवेदन अवधि डेढ साता थप भएको छ । कम्पनीले कम मात्रामा सेयर आवेदन परेपछि आगामी कात्तिक २७ गतेसम्मका लागि आवेदन अवधि थप गरेको हो ।

कम्पनीको संस्थापक सेयरधनी र सञ्चालकका लागि मात्र सेयर आवेदन अवधि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणले आवेदन दिन पाउने छैन् ।

ad

सिन्धुपाल्चोकमा निर्माणाधीन २२.२ मेगावाटको उपर चाकु ‘ए’ जलविद्युत आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले आगामी २७ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले सर्वसाधारणका लागि गत असोज १६ गते खुल्ला गरेको सेयर आवेदन अवधि शुक्रबार सकिएको थियो ।

सोमबार बिहानसम्म १७ हजार ८ सय जनाको ९ लाख ५ हजार कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्वार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । कम्पनीले अहिले सिन्धुपाल्चोकमा माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="