Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

शिवश्री हाइड्रोपावरको सेयर आवेदन दिने समय एक साता थप

ऊर्जा खबर माघ ११, २०७५   426

सेयर



काठमाडौं– शिवश्री हाइड्रोपावर कम्पनीले सिन्धुपाल्चोकबासीका लागि सेयर आवेदन दिने अवधि एक साता थप गरेको छ । कम्पनीले कम मात्रामा सेयर आवेदन परेपछि आगामी १८ गते(शुत्रबार)सम्मका लागि ७ दिनको समय थप गरेको हो ।

सिन्धुपाल्चोकमा निर्माणधीन २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनामा सेयर लगानी गर्न इच्छुक सबै स्थानीयलाई समेट्ने गरी समय थप गरेको कम्पनीले जनाएको छ । यस अघि गत पुस २७ गतेबाट खुलेको सेयर आवेदनको अवधि शुत्रबार(आज) सकिदै थियो ।

ad

शुक्रबार मध्यान्हसम्म ७ सय ४५ जना स्थानीयले १ करोड २३ लाख ७२ हजार रुपैयाँ बराबरको १ लाख २३ हजार ७ सय २० कित्ता सेयर खरिद गर्न आवेदन दिएका छन् । सिन्धुपाल्चोकबासीका लागि छुट्याएको १४ लाख ७६ हजार ४ सय कित्ता सेयर खरिद गर्न स्थानीयको सहभागि न्यून रहेको कम्पनीले जनाएको छ ।

प्रतिकित्ता सय रुपैयाँमा अंकित १४ करोड ७६ लाख ४० हजार रुपैयाँ मूल्यको सेयर न्युनतम ५० कित्ता देखि अधिकतम ७ हजार ८ सय ३० कित्ता सम्मका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले स्थानीयको सेयर बाँडफाँड पूरा भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको २२ लाख १४ हजार ६ सय कित्ता सेयर निष्कासन गर्नेछ ।

सेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मेवारी सिद्धार्थ क्यापिटललाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="