Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

शिवश्री हाइड्रोले भोलिदेखि सेयर निष्कासन गर्दै

ऊर्जा खबर असोज १५, २०७६   604

सेयर



काठमाडौं—  शिवश्री हाइड्रोपावर कम्पनीले बिहीबार (भोली) देखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन २२.२ मेगावाटको उपर चाकु ‘ए’ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा बिक्री नभएको सेयर समेत थप गरी निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि १४ लाख ७६ हजार ४ सय कित्ता सेयर निष्कासन गरेको थियो ।

ad

आयोजनामा लगानी गर्न इन्छुक लागानीकर्ताले छिटोमा असोज २४ र ढिलोमा असोज १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सर्वसाधारणले न्युनतम १० देखि अधिकतम १० लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले अहिले सिन्धुपाल्चोकमा माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="