Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४३१ मे.वा. घन्टा
  • भारत : १०१५८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६३३६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तेह्रथुम पावर कम्पनीले १२ लाख कित्ता साधारण सेयर जारी गर्ने

ऊर्जा खबर असोज १६, २०७५   4098

सेयर



काठमाडौं–तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले तेह्रथुममा निर्माणाधीन साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

जारी हुने सेयरमध्ये स्वपुँजी लगानीको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले बताए । उनका अनुसार ८ करोड मूल्यको ८ लाख कित्ता अर्थात २० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

सेयर निष्कासन तथा बाँडफाँड गर्न कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनी र एनआइबिएलबीच सोमबार सम्झौता भएको छ । सम्झौतामा कम्पनीका तर्फबाट डाँगी र एनआइबिएलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरे ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिने छ । साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा स्वीकृतीका लागि आवेदन दिने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

साधारण सेयर बिक्रीबाट अहिले २८ करोड रहेको कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कम्पनीले निर्माण गरिरहेको आयोजना ५५ प्रतिशत पूरा भएको छ । २०७६ असारभित्र आयोजना पूरा गरेर विद्युत उत्पादन गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="