Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

शिवश्री हाइड्रो पावरको स्थानीय सेयर निष्कासन, माघ ११ गतेसम्म अावेदन दिन सकिने

पुष २७, २०७५   287

सेयर



काठमाडौं– शिवश्री हाइड्रो पावर कम्पनीले स्थानीयका लागि छुट्याइएकाे सेयर निष्कासन गरेकाे छ । कम्पनीले शुक्रबारबाट अायाेजना प्रभावित सिन्धुपाल्चाेकका स्थानीयका लागि छुट्याइएकाे १० प्रतिशत सेयर निष्कासन गरेकाे हाे ।

ad

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र जिल्लाबासीका लागि  १४ करोड ६६ लाख ४० हजार रुपैयाँ मूल्यको १४ लाख ७६ हजार ४ सय कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्दैछ ।

आयोजनामा लगानी गर्न इच्छुक स्थानीयले आज (शुक्रबार) देखि आगामी माघ ११ गतेसम्म आवेदन दिनुपर्नेछ । अावेदनकर्ताले न्युनतम ५० कित्ता देखि अधिकतम ७ हजार ८ सय ३० कित्तासम्मको आवेदन दिन पाउने कम्पनीले जनाएकाे छ ।

ad

स्थानीयको सेयर बाँडफाँड पूरा भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने कम्पनीकाे तयारी छ । सेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मेवारी सिद्धार्थ क्यापिटललाई दिइएको छ ।

कम्पनीले सिन्धुपाल्चाेकमा २२.२ मेगावाटकाे माथिल्लाे चाकु ए जलविद्युत अायाेजना निर्माण गरिरहेकाे छ । अायाेजनाकाे ९७ प्रतिशत निर्माण पूरा भएकाे छ । अायाेजनाबाट अबकाे एक महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="