Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

स्वदेशी उत्पादक उपेक्षित, बिजुलीको बजार खोज्न निजी क्षेत्र भारततिर

ऊर्जा खबर असार ०४, २०७६   1472

खबर



काठमाडौं– उत्पादित विद्युत सरकारले किन्ने सम्झोता गर्न आनाकानी गरेपछि निजी क्षेत्रले देशबाहिर बिजुलीको बजार खोज्न सुरु गरेको छ । जलविद्युतमा गरेको अर्बौं लगानी खेर जाने अवस्था देखिएको भन्दै बजार खोज्न निजी क्षेत्र कस्सिएको हो ।

केही महिनाअघि बंगलादेश पुगेको निजी क्षेत्रको टोली मंगलबार (असार ३ गते) भारत गएको छ । बंगलादेशले नेपालको बिजुली किन्ने बताइरहँदा यसमा सहजीकरण गरिदिन आग्रह गर्नकै लागि टोली त्यता गएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले यसको पहल सुरु गरेको छ । आफैंले उत्पादन गरेको विद्युत बेच्न पाउनुपर्ने भन्दै निजी प्रवद्र्धकले ‘टे«डिङ कम्पनी’ समेत खोलेका छन् । सरकारले यो कम्पनीलाई बिजुली कारोबार गर्ने अनुमति दिनुपर्ने उनीहरूको माग छ ।

बंगलादेश बिजुली बेच्न भारतको भूमिका महत्त्वपूर्ण हुने र उसले सघाउने विश्वास पनि दिलाएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताउँदै आएका छन् । भारतमा यहाँको बिजुली भारतलाई बेच्न वा उसको प्रसारण लाइनको ह्विलिङ चार्ज (प्रसारण शुल्क) तिरेर बंगलादेश पठाउने दुवै विषयमा छलफल हुने इपानले जनाएको छ ।

इपानले तमोर नदी बेसिनमा उत्पादित करिब ६ सय मेगावाट विद्युत बंगलादेश बेच्ने बताएको छ । यसबारे बंगलादेशसँग छलफल भइसकेकाले भारतको सहमतिका लागि पनि इपान टोली भारत गएको हो । बंगलादेशले सन् २०४० सम्म नेपालबाट करिब ९ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="