Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

राष्ट्रिय प्रसारण प्रणालीमा निजी क्षेत्रकाे याेगदान ५ सय ६० मेगावाट

ऊर्जा खबर श्रावण ०७, २०७६   1586

खबर



काठमाडौं- निजी क्षेत्रले जलविद्युत उत्पादन ५ सय ६० मेगावाट पुर्याएको छ । एक वर्षअघि नै सरकारलाई उछिनेकाे निजी क्षेत्रले राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत थप गर्दै उत्पादन परिमाण बढाएकाे हाे । निजी क्षेत्रले उत्पादन गरिरहेको विद्युत प्राधिकरणको भन्दा ५२ मेगावाट बढी हो ।

ad

आर्थिक वर्ष २०७५/७६ मा निजी क्षेत्रले करिब ४७ मेगावाट विद्युत प्रणालीमा थप गरेकाे नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ ।प्राधिकरणका अनुसार निजी प्रवर्द्धकले निर्माण गरेका ८२ जलविद्युतगृहले विद्युत उत्पादन गरिरहेका छन् ।

२०७४ मंसिरमा प्राधिकरण बराबर ४ सय ७८ मेगावाट पुर्याएको निजी क्षेत्रले नियमित उत्पादन थप गर्दै लगेपछि बढाउँदै लगेको हो । प्राधिकरणको अहिलेको उत्पादन ५ सय ८ मेगावाट छ ।

गत आवमा निजी क्षेत्रले  निर्माण सम्पन्न गरेका ५ जलविद्युत आयोजनाको उत्पादन प्रसारण प्रणालीमा थपिएको छ । २२ मेगावाटको बागमती, ८.८ मेगावाटको रुदी ‘ए’, ७.८ मेगावाटको सुपर माई, ५ मेगावाटकाे पिखुवा खाेला र ३.३३ मेगावाटको कापडीगाड जलविद्युत आयोजनाले गत आवबाट विद्युत उत्पादन सुरु गरेका हुन् ।

२५ सय ८१ मेगावाटका १ सय १६ जलविद्युत आयोजना निर्माणाधीन छन् । निर्माणाधीन आयोजनाबाट ४ सय ५६ मेगावाटकाे माथिल्लाे तामाकाेसीसहित करिब ११ सय मेगावाट विद्युत चालु वर्षमा प्रणालीमा जाेड्ने लक्ष्य प्राधिकरणले राखेकाे छ ।

निजी क्षेत्रका सयाैं आयाेजना निर्माणाधीन भए पनि प्राधिकरणसँग ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र १४ मेगावाटको कुलेखानी तेस्रोबाहेक अरू आयोजना छैनन् । दशकाैंपछि सम्पन्न हुन लागेका यी आयोजना अहिले परीक्षणको चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="