Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइपिओ निष्कासन गर्न जलविद्युत कम्पनीले आयोगबाट पनि स्वीकृति लिनुपर्ने

ऊर्जा खबर जेठ ०, २०७६   887

सेयर



काठमाडौं- जलविद्युत कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अब विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिनुपर्ने भएको छ । विद्युत उत्पादन, प्रसारण, वितरण एवं व्यापारको काम गर्ने कम्पनी तथा संस्थाले आयोगबाट पूर्व स्वीकृति लिएर मात्रै सर्वसाधारणका लागि सेयर निष्कासन गर्न पाउने भएका हुन् ।

विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ मा यस्तो व्यवस्था गरिएकाले यसकाे कार्यान्वयन हुन लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार विद्युत नियमन ऐन २०७४ र नियमावनी २०७५ बमोजिमको व्यवस्था कार्यान्वयन गर्न/गराउन आयोगले गत जेठ ५ गते पत्र पठाएको थियो । आयोगकाे निर्देशनपछि व्यवस्था कार्यान्वयन गरिएकाे बाेर्डले विज्ञप्ती निकालेर जानकारी दिएकाे छ ।

अब जलविद्युत कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिँदा आयोगबाट प्राप्त पूर्व स्वीकृति पेश गर्नुपर्नेछ । अहिले सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिइ अनुमति पाइनसकेका कम्पनीको हकमा पनि यो व्यवस्था लागु भएकाे छ । सेयर निष्कासनका लागि बाेर्डमा आवेदन दिएका कम्पनीले आयोगकाे पूर्व स्वीकृितकाे कागजात बाेर्डमा बुझाउनु पर्नेछ ।

आयोग सक्रिय भई जलविद्युत कम्पनीको साधारण सेयर निष्कासनको नियमन गर्दा लगानीकर्ताको हक हित संरक्षण हुने बाेर्डले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="