Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिँचाइका दुई इन्जिनियरले एक लाख घुस लिएको आरोपमा मुद्दा दायर

ऊर्जा खबर असार २६, २०७६   2069

जलस्रोत



काठमाडौं— जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत माडी–लुंग्री–करिडोर सिँचाइ आयोजना रोल्पामा कार्यरत सब–इन्जिनियर तारा श्रेष्ठले एक लाख रुपैयाँ घुस लिएको आरोपमा काठमाडौं विषेश अदालतमा मुद्दा दायर गरिएको छ ।

घुस लिएको भन्ने उजुरीका आधार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार २४ गते मुद्दा दायर गरेको हो । उक्त सिँचाइ आयोजनाको अन्तिम बिल भुक्तानी गर्दा घुस मागेको उजुरीमा अख्तियारको बुटवलबाट खटिएको टोलीले रकम लिइसकेको अवस्थामा फेला पारेको जनाइएको छ ।

ad

अख्तियारका अनुसार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा सब–इन्जिनियर श्रेष्ठ र डिभिजनल इन्जिनियर उग्रनाघ झाले एकआपसमा मिलेमतो गरी घुस लिएको भेटिएको थियो । उनीहरूले भुक्तानी दिँदा अनेक बाहना बनाई ढिलाई गरेर घुस लिएको उल्लेख छ ।

श्रेष्ठ र झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिएकोले निजहरूलाई जनही बिगो एक लाख रुपैयाँ कायम गरी जरिवाना र कैद सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस