Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

इवा खोलाले २ सातामा परीक्षण उत्पादन सुरु गर्दै

ऊर्जा खबर असार ०, २०७६   1819

खबर



काठमाडौं- ९.९ मेगावाटको इवा खोला जलविद्युत आयोजनाले अबको २ सातामा परीक्षण उत्पादन सुरु गर्ने भएको छ । ताप्लेजुङ र पाँचथरको सीमामा निर्माण सम्पन्न आयोजनाको विद्युत प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाको संरचनामा पानी भरेर परीक्षण उत्पादन गर्ने तयारी भइरहेको प्रवर्द्धक रैराङ हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक कुबेरमणी नेपालले बताए । उनका अनुसार असारभित्रै आयोजनाको विद्युत प्रणालीमा थपिनेछ ।

२०७५ जेठ १ गतेदेखि नै आयोजनाबाट विद्युत उत्पादन गर्ने तालिका भए पनि काबेली कोरिडोर प्रसारण लाइनको तेस्रो खण्ड तयार नहुँदा ढिलो भएको उनले बताए । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको तेस्रो खण्ड तयार हुन लागेकाले १३ महिना ढिलो विद्युत उत्पादन सुरु हुन लागेको हो ।

२०७३ कात्तिकबाट निर्माण सुरु भएको आयोजना प्रतिमेगावाट १९ करोड ५० लाख रुपैयाँमा सम्पन्न भएको कम्पनीले जनाएको छ । आयोजनामा कूल लागतको ६५ प्रतिशत ऋण तथा ३५ प्रतिशत स्वपुँजी लगानी छ । आयोजनाबाट उत्पादन हुने विद्युत काबेली कोरिडोरको अमरपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

काबेली कोरिडोरमा इवा खोलासँगै २५ मेगावाटको काबेली ‘बी’-१ र २२ मेगावाटको तल्लो हेवाखोला पनि विद्युत उत्पादन सुरु गर्ने चरणमा छन् । प्रसारण लाइन समयमा तयार नहुँदा यी दुई आयोजनाको उत्पादन तालिका पनि पटक पटक प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="