Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

इवा खोलाको ९.९ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

ऊर्जा खबर असोज ०३, २०७६   2526

खबर



काठमाडौं — ९.९ मेगावाटको इवा खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रैराङ हाइड्रो पावर कम्पनीले पाँचथरमा निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।

बुधबार रातिदेखि आयोजनाको विद्युत प्रणालीमा जोडिएको कम्पनीका कार्यकारी निर्देशक कुबेरमणि नेपालले बताए । उनका अनुसार अहिले परीक्षण उत्पादन चलिरहेकाे छ । परीक्षण अवधिभर आयोजनाकाे १५ दिनकाे उत्पादन नेपाल विद्युत प्राधिकरणले निशुल्क पाउनेछ ।

ad

अबकाे २ सातापछिबाट आयोजनाले व्यापारिक उत्पादन सुरु गर्ने पनि नेपालले बताए । आयोजनाबाट उत्पादन भएकाे विद्युत प्राधिकरणकाे प्राविधिक टाेलीले काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडेकाे छ ।

२०७५ जेठदेखि विद्युत उत्पादन गर्ने तालिका भए पनि काबेली कोरिडोर प्रसारण लाइन तयार नहुँदा ढिलो भएको कम्पनीले दाबी गर्दै आएको छ । प्रसारण लाइनकै कारणले गर्दा तालिका भन्दा १५ महिना ढिलो विद्युत उत्पादन सुरु भएकाे कम्पनीले जनाएको छ ।

२०७३ कात्तिकबाट निर्माण सुरु भएको आयोजना प्रतिमेगावाट १९ करोड ५० लाख रुपैयाँमा सम्पन्न भएको छ । आयोजनामा कूल लागतको ६५ प्रतिशत ऋण तथा ३५ प्रतिशत स्वपुँजी लगानी छ ।

काबेली कोरिडोरमा इवा खोलासँगै २२ मेगावाटको तल्लो हेवाखोला पनि निर्माण सम्पन्न भइ प्रसारण प्रणालीमा जाेडिएकाे छ । अबकाे एक महिनामा निर्माण पूरा भएकाे २५ मेगावाटकाे काबेली ‘बी’–१ ले उत्पादन सुरु गर्दैछ । याे आयोजनाकाे उपकरण परीक्षण सुरु भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="