Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :५१४१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ३८५५ मे.वा. घन्टा
  • भारत : १०५९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९५९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘जनताको जलविद्युत कार्यक्रम’ को पहिलो आयोजना, त्रिशूली–३ ‘बी’ को सेयर खुल्यो

ऊर्जा खबर चैत ०१, २०७५   5485

सेयर



काठमाडौं– त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनाका लागि साधारण सेयर खुला गरेको छ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको आयोजनामा लगानी गर्न बिहीबार (चैत ७ गते) बाट आवेदन दिन मिल्ने गरी आज (शुक्रबार) सेयर आह्वान गरिएको हो ।

ad

बिहीबार खुलेको सेयर छिटोमा चैत १२ गते र ढिलोमा २०७६ बैशाख ६ गते बन्द हुनेछ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) को लागि मात्र सेयर माग गरिएको छ ।

सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ । व्यक्तिले किन्न चाहेको बाँकी सेयरबापतको रकम कम्पनीले आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएपछि माग गर्ने जनाएको छ ।

ad

सञ्चार मन्त्रालय, कम्पनी, धितोपत्र बोर्ड तथा सरोकारवालाको सहयोगमा समयभित्रै सेयर निष्कासन गर्न सकिएको ‘कार्यक्रम’ का संयोजक नविनराज सिंहले बताए । ‘हामी दोस्रो चरणमा तामाकोसी–५ को सेयर निष्कासन गर्नेछौं,’ उनले ऊर्जा खबरसँग भने, ‘यसका लागि पनि प्रक्रिया सुरु भइसकेको छ ।’

कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख रुपैयाँको ३७ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ । यसमध्ये ३ प्रतिशत सेयर (१ लाख ११ हजार १ सय ५० कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित राखी बाँकी निष्कासन गरेको जनाएको छ ।

सेयर निष्कासन गर्न धितोपत्रले बिहीबार साँझमात्र अनुमति दिएको थियो । आयोजनामा अहिले नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत सेयर स्वामित्व छ । बाँकी ४० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्ट्याइएको थियो । यो संरचना अनुसार ‘कार्यक्रम’ कार्यान्वयन गर्न मिल्दैन ।

‘कार्यक्रम’ अनुसार आयोजनाका लागि सेयर माग गर्ने कम्पनीमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत सेयर स्वामित्व जनताको हुनुपर्नेछ । तर, पछि ६० प्रतिशत स्वामित्व ५१ मा झार्ने गरी सेयर निष्कासन गर्न लागेको सिंहले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अघि बढाएको ‘कार्यक्रम’ प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गत फागुन २ गते संयुक्तरूपमा शुभारम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले कार्यक्रम शुभारम्भ भएको ३५औं दिनमा आफूले सेयर किन्ने बताएका थिए ।

आयोजनाको वित्तीय अवस्था

कम्पनीले निर्माण गर्ने आयोजनाको लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट २२ करोड २३ लाख ६३ हजार रुपैयाँ (कूल लागत ८ अर्ब २२ करोड ७४ लाख ४० हजार ६ सय ७४ रुपैयाँ) अनुमान गरिएको छ । आयोजनाबाट २०७८ साल फागुन २९ गते विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

आयोजनामा नबिल बैंकको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) र नेपाल बैंकले ऋण लगानी गरेका छन् । ऋण र स्वपुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गरिएको छ ।

प्राधिकरणसँग बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँमा विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । उक्त पिपिए दरमा आयोजनाले प्रतिवर्ष ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउनेछ । व्यापारिक उत्पादन भएको १५ वर्षसम्म रोयल्टीको दर प्रतिकिलोवाट १ सय ५० रुपैयाँ र विद्युत बिक्रीबाट हुने आम्दानीको १.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

आयोजनाबाट विद्युत उत्पादन भएपछि करिब ८ वर्षभित्र लगानी फिर्ता हुने अनुमान गरिएको छ । ढिलोमा ११ वर्षभित्र सबै लगानी फिर्ता हुने र सर्वसाधारणलाई उचित प्रतिफल दिन सकिने कम्पनीको अनुमान छ ।

सरकारले ३५ वर्षका लागि कम्पनीलाई आयोजना दिएकाले अब २९ वर्ष ५ महिना अनुमतिपत्रको अवधि बाँकी छ । यस अवधिभित्र विद्युत उत्पादन गरी जनतालाई उचित प्रतिफल दिनुपर्नेछ ।

याे पनि पढ्नुहाेस्

त्रिशूली–३ ‘बी’ को सेयर निष्कासन गर्न बोर्डको अनुमति, क्रेडिट रेटिङ गर्न नपर्ने

‘जनताको जलविद्युत’मा नयाँ व्यवस्था, ५१ प्रतिशतका सरकारी कम्पनीले मात्र लगानी उठाउन पाउने

‘खोलामा पैसा हाल्नुस् चलायमान हुन्छ’

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="