Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जेसिडब्लूआरको निर्णय, तीन नदीमा तटबन्द निर्माण गर्न भारतीय सहयोग

ऊर्जा खबर पुष २, २०७५   1988

जलस्रोत



काठमाडौं– तराईका ३ नदीमा तटबन्द निर्माण गर्न भारतले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । शुक्रबार (पुस २७ गते) भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत जलस्रोत सचिवस्तरीय (जोइन्ट कमिटी अन वाटर रिसोर्सेज–जेसिडब्लूआर) को आठौं बैठकमा उक्त निर्णय भएको हो ।

पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रण गर्न भारतले सहयोग गर्ने जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेले बताए । सीमा क्षेत्रमा भारतले एकतर्फी तटबन्द निर्माण गर्दा हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । यसको नियन्त्रण गर्न नेपालले निरन्तर आग्रह गर्दै आएको थियो ।

बैठकमा विद्युत व्यापार, पञ्चेश्वर तथा प्रसारण लाइनका विषय जेसिडब्लूआरले नहेर्ने निर्णय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले बताए । ‘विद्युत व्यापार तथा पञ्चेश्वर हेर्ने छुट्टै निकाय भएकाले यो कमिटीमा नराख्ने निर्णय भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सिमानामा निर्माण हुने बाँधका विषय सहकार्य गरेर काम गर्ने निर्णय भएको छ ।’

बैठकमा महाकाली नदीबाट नेपालले पानी पाउनुपर्ने सतह (सिल लेभल), चाँदनी र दोधारामा पानी उपलब्ध गराउनुपर्ने विषय, सप्तकोसी उच्च बाँधलगायत मुद्दाबारे छलफल भए पनि केही निर्णय भएन । जलस्रोत सचिवस्तरीय बैठकमा महाकालीबाट नेपालले पाउनुपर्ने पानीको सतह निकै पेचिलो बन्ने गरेको छ । तर, यसको टुंगो अझै लागेको छैन ।

बैठक नेपालका तर्फबाट मन्त्रालयका सचिव सञ्जय शर्माले नेतृत्व गरेका थिए । सचिवस्तरीय बैठकअघि दुई देशका सहसचिवस्तरीय संयुक्त (जेएसटिसी) बैठक भएको थियो । यसको नेतृत्व मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले गरेका थिए ।

जेसिडब्लूआरको सातौं बैठक २०६९ साल माघ ११ र १२ गते (सन् २०१३, जनवरी २४ र २५) काठमाडौंमा भएको थियो । यस्तै, छैटौं बैठक सन् २०११ नोभेम्बर २४ र २५ तारिखमा नयाँ दिल्लीमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="