Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नलसिंहगाडमा लगानी गर्न जाइकाकाे पुनः प्रतिबद्धता

असोज ०, २०७६   489

जलविद्युत



काठमाडौं – जाजरकोटस्थित ४ सय १० मेगावाटको नलसिंहगाड जलाशय जलविद्युत आयोजना निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले विशेष चासो देखाएको छ ।

जापान भ्रमणमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँगको भेटमा उक्त चासो व्यक्त गरेको हो । जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावासँग बिहीबार भएको भेटमा आयोजना अघि बढाउने विषयमा सहमति मन्त्रालयले जानकारी दिएको छ ।

ad

मन्त्री पुनले आयोजना अघि बढाउने विषयमा बुधबार जापानका संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्र्याटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए ।

मन्त्री पुनले जाइकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्न इच्छा देखाएको जानकारी दिए । जाइकासँगको छलफल सकरात्मक रहेको पनि उनले बताए । जाइकाले यसअघि पनि निर्माणमा करिब ५५ अर्ब रुपैयाँ सहयोग गर्ने बाचा गरेको थियो ।

विकास समिति स्थापना गरी अगाडि बढाएको आयोजना पछि कम्पनी गठन गरेर काम सुरु गरेको थियो । जाइकाले सहयोग गर्न प्रतिबद्धता जनाएको ५० करोड अमेरिकी डलरमध्ये ३० करोड डलर ०.१ प्रतिशत ब्याजमा उपलब्ध गराउने कुरा पनि भएको थियो ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम २०७३ बैशाख २३ गते (सन् २०१६, मे ५) देखि सुरु भएको हो । ३० महिनामा काम पूरा गर्ने सर्तमा स्मेक इन्टरनेसनल अस्ट्रेलिया÷एमडब्लुएच अमेरिका र उदय जेभीसँग सम्झौता भएको थियो । तर, परामर्शदाताले लक्ष्यअनुसार काम नगर्दा अझैसम्म डिपिआर पूरा भएको छैन ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="