Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९०७ मे.वा. घन्टा
  • भारत : ५४१९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१७३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सान्भी इनर्जीले ५.२ मेगावाटको जोगमाई क्यासकेड निर्माण गर्ने

ऊर्जा खबर कार्तिक २४, २०७६   1296

जलविद्युत



काठमाडौं । इलामस्थित जाेगमाइ खाेलामा ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माण हुने भएको छ । माई जोगमाई गाउँपालिका ३, ४ तथा सुर्योदय नगरपालिका–११ भएर बग्ने खोलामा पहिचान भएको आयोजना सान्भी इनर्जी प्रा.लि ले अगाडि बढाउन लागेको हो ।

यो आयोजना सञ्चालित ७.५ मेगावाटको जोगमाईको क्यासकेड हो । जोगमाईबाट विद्युत उत्पादन भएर निस्कने पानीको उपयोग हुने गरी क्यासकेड आयोजना निर्माण हुनेछ । कम्पनीले निर्माण प्रक्रिया अगाडि बढाउँदा स्थानीय क्षेत्रमा पर्न सक्ने  भौतिक, सांस्कृतिक, आर्थिक एवं सामाजिक असरबारे सरोकारवालासँग राय सुझाव मागिएको छ । सरोकारवालाले ३५ दिनभित्र आफ्नो राय सुझाव पेस गर्न भन्दै कम्पनीले आइतबार सूचना समेत जारी गरेकाे छ ।

ad

आयोजनाको मुख्य संरचना जोगमाई खोलाकाे दायाँ किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । यस्तै, विद्युतगृह माई खोला र जोगमाई खोलाको दोभानभन्दा करिब ४ किलोमिटर माथि प्रस्ताव गरिएको छ ।

विद्युतगृहमा २.६ मेगावाटको २ वटा टर्बाइन रहनेछ । टर्बाइनमा ३ फेजको २ वटा जेनेरेटर जुमाएर विद्युत उत्पादन गरिनेछ । कम्पनीले आयोजनाबाट २०७८ साउन ७ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखेकाे छ । आयोजना निर्माण सम्पन्न भएपछि यहाँबाट वार्षिक २९.८९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित विद्युत ७ किलोमिटर दूरीमा रहेको १३२ केभी गोदक सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="