Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२५ बढी कर्मचारीको सरुवा तथा पदस्थापन, दुवै विभागका महानिर्देशक फेरिए

ऊर्जा खबर कार्तिक ०२, २०७६   6368

खबर



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मातहतका निकायमा कार्यरत २५ बढी कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयसहित विद्युत विकास विभाग, जलस्रोत तथा सिँचाइ विभाग र जल तथा ऊर्जा आयोगका सहसचिवहरूको सरुवा गरिएको हो ।

मन्त्रालय विकास सहायता तथा वैदेशिक समन्वय महाशाखाका सहसचिव नविनराज सिंहलाई विद्युत विभागको महानिर्देशकमा सरुवा गरिएको छ । उनी यसअघि पनि २ वर्ष ३ महिना महानिर्देशक भएर जिम्मेवारी सम्हालेका थिए । उनलाई २०७५ पुस १३ गते मन्त्रालयमा सरुवा गरिएको थियो । विभागका महानिर्देशक मधुप्रसाद भेटुवाललाई सिंहकै जिम्मेवारीमा मन्त्रालय ल्याइएको छ । गत पुस १५ गतेदेखि जिम्मेवारी सम्हालेका उनी करिब ९ महिना विभागमा रहे ।

ad

विभागका उपमहानिर्देशक द्वय सन्दिपकुमार देव र मनदेवी श्रेष्ठको जिम्मेवारी पनि हेरफेर गरिएको छ । देवले अनुमतिपत्र र श्रेष्ठले योजना, वातावरण तथा आयोजना विकास महाशाखाको जिम्मेवारी पाएका छन् । उता सञ्जय ढुंगेल, रामकाजी थापा र जिवछ मण्डललाई साविककै महाशाखामा पदस्थापन गरिएको छ ।

यसैगरी, मन्त्रालय जलस्रोत महाशाखाका सहसचिव मधुकरराज राजभण्डारीलाई जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सरुवा गरिएको छ । उनी यसअघि विघटित भूमिगत जलस्रोत विभागको महानिर्देशक भइसकेका हुन् । ऊर्जा र सिँचाइ मन्त्रालय गाभिएर एउटै भएपछि उनलाई मन्त्रालय पदस्थापन गरिएको थियो ।

विभागकी महानिर्देशक सरिता दवाडीलाई मन्त्रालयमा राजभण्डारीकै ठाउँमा सरुवा गरिएको छ । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक शिवकुमार बस्नेत विभागको उपमहानिर्देशकमा सरुवा भएका छन् । उनी केन्द्रभन्दा अघि भेरी–बबई बहुउद्देश्यीय आयोजनाको आयोजना निर्देशक थिए ।

सरुवा हुनेहरूमा जलस्रोत विभागका उपमहानिर्देशक कृष्ण बेल्बासे जल तथा ऊर्जा आयोग र कौशलकिशोर झा मन्त्रालयबाट विभागमा गएका छन् । यस्तै, दुवै विभाग तथा आयोगका अन्य १५–२० जना कर्मचारीको पनि सरुवा वा जिम्मेवारी हेरफेर र पदस्थापन गरिएको छ । हरेक आर्थिक वर्षको बजेटपछि यसको कार्यान्वयन गर्न कर्मचारी फेरबदल गर्ने निरन्तरको प्रक्रिया अनुसार मन्त्रालयले निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="