विद्युत आपूर्ति

  • प्राधिकरण :५७०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९६२ मे.वा. घन्टा
  • भारत : १००११ मे.वा. घन्टा
  • ट्रिपिङ : २५ मे.वा. घन्टा
  • माग : २०७०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

१३ महिनामा जुनबेँसीको विद्युत राष्ट्रिय प्रणालीमा जोडिने

ऊर्जा खबर असोज १९, २०७५   4101 खबर


काठमाडौं– सोलुखुम्बुमा निर्माणधीन ५.२ मेगावाटको जुनबेँसी जलविद्युत आयोजनाले अबको १३ महिनामा विद्युत उत्पादन गर्ने भएको छ । ५५ प्रतिशत निर्माण पूरा भएको आयोजनाबाट २०७६ मंसिरबाट व्यवसायिक विद्युत उत्पादन गर्न लागिएको हो ।

२०७३ असारबाट निर्माण सुरु भएको आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृह निर्माणको काम समानरुपमा अघि बढेको दोभान हाइड्रोपावर कम्पनीका निर्देशक बुद्धिराज राइले बताए । उनका अनुसार बाँध क्षेत्रको ९५ प्रतिशत निर्माण पूरा भएको छ ।

यस्तै, बाँधदेखि विद्युतगृहसम्म पानी पुर्याउने लो प्रेसर पेनस्टक पाइप बिछ्याउने काम ३५ प्रतिशत सकिएको छ । आगामी वर्षा सुरु हुनुअघि पाइप लाइनको काम पूरा गर्ने पनि राइले बताए ।

५.२ मेगावाटको आयोजना क्षमता विस्तार गरेर ६ मेगावाटको बनाउने प्रक्रियामा रहेकाले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ । क्षमता विस्तार गरेर ६ मेगावाट बनाउँदा १० करोड लागत थपिने भएको छ ।

कुल १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सानिमा बैंकको अगुवाइमा ४ बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ ।

आयोजनाबाट उत्पादित बिजुली सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित ३३ केभी सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="