Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

५ मेगावाटकाे जुनबेँसी जलविद्युत आयोजनाको आधा काम सकियो

ऊर्जा खबर बैशाख १३, २०७६   2086

खबर



काठमाडौं– सोलुखुम्बुमा निर्माणाधीन ५.२ मेगावाटको जुनबेँसी जलविद्युत आयोजना ५५ प्रतिशत पूरा भएको छ । २०७३ देखि निर्माण सुरु भएको आयोजनाको आधा भन्दा बढी काम सकिएको हो ।

आयोजनाको पेनस्टन पाइपलाइन र विधुतगृहको काम एक साथ अघि बढेको दोभान हाइड्रोपावर कम्पनीका निर्देशक बुद्धिराज राईले बताए । उनका अनुसार आयोजनाको बाँध क्षेत्रको काम सकिएको छ ।

‘आयोजनाको ४ सय मिटर लामो पेनस्टक पाइपलाइनको काम ४० प्रतिशत पूरा भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युतगृहको पनि काम तिव्र गतिमा अघि बढेको छ, ।’

असारबाट निर्माण सुरु भएको आयोजना २०७६ मंसिरमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा ४ बैंकको ऋण लगानी छ ।

आयोजना सम्पन्न गर्न ९६ करोड लागत अनुमान गरिएपनि मूल्य वृद्धिका कारण करिब १ अर्ब १५ करोडमा पूरा गर्न लक्ष्य लिइएको कम्पनीले जनाएको छ । निर्माणाधीन आयोजनाको क्षमता विस्तार गरेर ६ मेगावाट बनाउने तयारी भएपनि प्रक्रिया लामो भएकाले कम्पनीले ५.२ मेगावाट नै निर्माण गर्ने निर्णय गरेकाे छ ।

निर्माण पूरा भएपछि उत्पादन हुने विद्युत सोलु कोरिडोरको लम्माने सबस्टेसनमा लगेर जोडिने छ । तर, प्रसारण लाइन समयमा पूरा नभएमा वैकल्पिकरूपमा सल्लेरी सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="