Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

काबेली बी–१ को २५ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

ऊर्जा खबर असोज २६, २०७६   3245

जलविद्युत



काठमाडौं—  २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अरुण काबेली पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।

असोज १६ गतेदेखि आयोजनाको विद्युत प्रणालीमा जोडिएको परीयोजना निर्देशक रमेश न्याउपानेले बताए । उनका अनुसार अहिले परीक्षण उत्पादन चलिरहेको छ । परीक्षण अवधिभर आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणले निशुल्क पाउनेछ ।

ad

अबको २ सातापछि आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु हुने न्याउपानेले बताए । आयोजनाबाट उत्पादन भएको विद्युत प्राधिकरणको प्राविधिक टोलीले काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडेका छन् ।

प्रसारण लाइनको तेस्रो खण्ड तयार नहुँदा विद्युत उत्पादन ढिलो भएको कम्पनीले दाबी गर्दै आएको छ । प्रसारण लाइनकै कारणले गर्दा तालिका भन्दा  एक वर्ष ढिलो विद्युत उत्पादन भएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न करिब ५ अर्ब रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निर्माण सुरु गर्दा ४ अर्ब रुपैयाँमा सम्पन्न गर्ने अनुमान गरिए पनि उत्पादन अवधि लम्बिँदा लागत पनि बढेको हो । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् ।

आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएसँगै पूर्व क्षेत्रको वितरण प्रणालीमा सुधार हुने कम्पनीको दाबी छ । अहिले भारतबाट आयात हुने विद्युत परिमाण पनि कम हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="