Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००६० मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६९२ मे.वा. घन्टा
  • भारत : ६५२९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

डेढ महिनादेखि काबेली ‘ए’ को निर्माण ठप्प

ऊर्जा खबर माघ २, २०७५   1490

खबर



काठमाडौं– ताप्लेजुङ र पाँचथरको सीमामा निर्माणाधीन ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत आयोजना बन्द भएको छ । सिभिल  तथा हाइड्राेमेकािनकल ठेकेदार चीनको चेचियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले डेढ महिनादेखि आयोजनाको निर्माण ठप्प पारेको हो ।

ad

गएको पुस दोस्रो साताबाट ठेकेदार कम्पनीले आयोजनाको काम रोकेको प्रवर्द्धक काबेली इनर्जी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेरसिंह भाटले बताए । उनका अनुसार ठेकेदारले एकलाैटी रूपमा काम राेकेकाे हाे ।

आयोजनाको कामको गुणस्तरप्रति लगानीकर्ताले आपत्ति जनाएपछि चिनियाँ ठेकेदारले निर्माण रोकेको बताइएको छ । ठेकेदार कामदार समेत फिर्ता लगेपछि आयोजनाको निर्माण अनिश्चित बनेको छ ।

अहिलेलाई आफुहरु पर्ख र हेरको अवस्थामा रहेको भाटले बताए । ‘ठेकेदार कम्पनीले पुन आयोजनाको काम सुरु गर्छ वा गर्दैन भन्ने निर्णयको पर्खाइमा छौं ,’ उनले ऊर्जा खबरसँग भने,‘ठेकेदारले फर्किने संकेत नदेखाएमा ठेक्का तोड्ने सम्मको निर्णय गरेर काम सुचारु गर्छाैं ।’

आयोजनाको निर्माण तालिका प्रभावित नहुने गरी कसरी काम सुरु गर्ने भन्नेबारे अहिले छलफल भइरहेको पनि उनले बताए । अहिले नै ठेकेदारसँगकाे असमझदारीबारे बाेल्दा ठेक्का सम्भझाैताकाे सर्त विपरित हुने हुँदा समय आएपछि सबै विषय सार्वजनिक हुने उनको भनाइ छ ।

२०७३ चैतबाट निर्माण सुरु भएको आयोजना २० प्रतिशत पूरा भएको छ । आयोजनाको ४.३२ किलोमिटर लामो सुरुङमध्ये १ हजार २ सय मिटर मुख्य सुरुङ खनेको छ । अन्य भाैतिक संरचनाकाे काम अघि बढेकाे छैन ।

ठेकेदार कम्पनीले काम रोकेपछि आयोजनाको निर्माण अवधि लम्बिने देखिएको छ । निर्माण अवधि लम्बिएसँगै आयोजनाको लागतसमेत थपिनेछ ।

आयोजनामा विश्व बैंक, अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी) को ऋण लगानी छ । बुटवल पावर कम्पनीको सहायक काबेली इनर्जीले अघि बढाएको आयोजनामा सिंगापुरको इन्फ्राको एसियाको पनि लगानी छ ।

आयोजनाबाट २०७७ पुसमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तर, आयोजनाको निर्माण रोकिएपछि उत्पादन अवधि प्रभावित हुने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="