Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

काबेली इनर्जीले चिनियाँ कम्पनीसँगको ठेक्का तोड्यो, उत्पादन अवधि १ वर्ष लम्बियो

ऊर्जा खबर चैत २७, २०७५   2577

खबर



काठमाडौं–काबेली इनर्जी कम्पनीले चीनको झेजियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । गत पुसदेखि ताप्लेजुङ र पाँचथरको सीमामा निर्माणाधीन ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत आयोजनाको काम छोडेर हिडेको चिनियाँ कम्पनी नफर्किएपछि सिभिल तथा हाइड्रोमेकानिकलतर्फको ठेक्का सम्झौता तोडिएको हो ।

कम्पनीले आयोजनाको ठेक्का सम्झौता तोड्न गत चैत १२ चिनियाँ कम्पनीलाई लिखितरूपमा पत्र पठाएको थियो । पत्र पठाएको मितिले १४ दिनसम्म पनि ठेकेदार काममा नफर्किएपछि औपचारिकरूपमा ठेक्का तोडिएको कम्पनी स्रोतले जानकारी दिएको छ ।

चिनियाँ कम्पनी बाहिरिएपछि कम्पनीले अब नयाँ ठेक्का आह्वान प्रक्रिया सुरु गर्नेछ । छोटो प्रक्रियाबाट ३ महिनाभित्र नयाँ ठेकेदार छनोट गरेर परिचालन गरिसक्ने कम्पनीकाे भनाइ छ ।

चिनियाँ कम्पनीसँगको ठेक्का सम्झौता तोडिँदा आयोजनाको विद्युत उत्पादन अवधि १ वर्ष धकेलिएको छ । २०७६ पुसबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना अब २०७८ मंसिरमामात्र सम्पन्न हुनेछ । उत्पादन अवधि प्रभावित हुँदा लागत पनि बढ्ने कम्पनीले जनाएको छ ।

सिभिल संरचनाको गुणस्तरप्रति लगानीकर्ताले आपत्ति जनाएपछि चिनियाँ कम्पनी काम छोडेर हिँडेको थियो । ठेकेदारले काम छोडेपछि झण्डै साढे ३ महिनादेखि आयोजनाको निर्माण ठप्प छ । २०७३ चैतबाट निर्माण सुरु भएको आयोजनाको २० प्रतिशत काम सकिएको छ । मुख्य सुरुङबाहेकका संरचनाको काम अघि बढेको छैन ।

आयोजनामा विश्व बैंक, अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी) को ऋण लगानी छ । बुटवल पावर कम्पनीको सहायक काबेली इनर्जीले अघि बढाएको आयोजनामा सिंगापुरको इन्फ्राको एसियाको पनि लगानी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="