Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

काबेली कोरिडोरमा वनकाे फाइल अझै अघि बढेन, निर्माण अलपत्र

यशाेदा सुनुवार पुष २७, २०७५   2920

खबर



काठमाडौं– पूर्वको विद्युत प्रवाहमा मेरुदण्ड मानिएको १३२ केभी काबेली कोरिडोर प्रसारण लाइन निर्माण अवरुद्ध भएको छ । प्रसारण लाइनको दोस्रो खण्डमा पर्ने जोरसल्ला क्षेत्रमा रुख कटानको स्वीकृतिमा भएको ढिलाईले निर्माण प्रभावित भएको हो ।

जोरसल्ला क्षेत्रको रुख कटानको स्वीकृति लिने प्रक्रिया ८ महिना अघिबाट सुरु भए पनि अनुमति नमिलेको आयोजना प्रमुख दीपेन्द्र द्विवेदीले बताए । उनका अनुसार स्थानीयले आफ्नो निजी जग्गामा भएका रुख आफैंले उपयोग गर्ने बताएपछि अनुमति लिन समस्या भएको छ ।

जग्गाधनी स्थानीयले निजी वनका रुख आफैंले कटान गर्ने वा बेचबिखन गर्ने सर्त अघि सारेमा आयोजनाले अनुमति पाउन नसक्ने उनले बताए । तर, स्थानीयले बेचबिखन नगर्ने सहमति दिएमा रुख कटान गर्न स्वीकृति प्राप्त हुने सर्त रहेको उनको भनाई छ । ‘यस क्षेत्रको रुख कटान गर्न मन्त्रीपरिषदले ५ महिनाअघि नै स्वीकृति दिइसकेको थियो,’ उनले ऊर्जा खबरसँग भने,‘तर, प्रदेश वन निर्देशनालयको कार्यालयबाट फाइल अघि बढेको छैन ।’

यता प्रदेश वन निर्देशनालय डिभिजन वन कार्यालयले प्रसारण लाइन आयोजना निर्माण गरिरहेको नेपाल विद्युत प्राधिकरणले नापी कार्यालयको प्रतिवेदन र निजी जग्गाधनीसँगको सम्झौता विवरण नबुझाएका कारण स्वीकृति दिन नसकेको जनाएको छ । कार्यालयका डिभिजन वन अधिकृत सुनिलकुुमार सिंहले आयोजनालाई नापी कार्यालय र निजी जग्गाधनीसँगको सम्झौता विवरण पेश गर्न पत्राचार गरेको बताए । उनले आयोजनाले आवश्यक विवरण पेश गरे लगत्तै रुख कटानको अनुमति दिने दाबी गरे ।

जोरसल्लास्थित ४ किलोमिटर क्षेत्रमा प्रसारण लाइनका ११ टावर निर्माण गर्न ६ सय ४५ रुख कटान गर्नुपर्नेछ । वन क्षेत्रमा पर्ने ९५ वटा रुख ९ जना स्थानीयका निजी हुन् ।

प्रसारण लाइनको अन्य क्षेत्रको निर्माण सकिए पनि रुख कटानको अनुमति नपाउँदा जोरसल्ला क्षेत्रको काम प्रभावित भएको छ । पछिल्लो तालिका अनुसार पुसबाट प्रसारण लाइन सञ्चालन गर्ने तालिका थियो । वनकै कारण प्रसारण लाइनका बाँकी ११ टावर निर्माण अनिश्चित बनेको छ ।

प्रसारण लाइन समयमा सम्पन्न हुन नसकेकै कारण काबेली कोरिडोरमा निर्माणाधीन ७७ मेगावाटका आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको छैन । २२ मेगावाटको तल्लो हेवा, २५ मेगावाटको काबेली बी–१, ९.९ मेगावाटको इवाखोला लाइन पूरा भए लगत्तै जोडिने आयोजना हुन् ।

२ वर्ष अघि निर्माण सम्पन्न भएको १४.९ मेगावाटको माथिल्लो हेवा ‘ए’ आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । यो आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा २ वर्ष अवधिमा प्रवर्द्धक पाँचथर पावर कम्पनीलाई ४० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

काबेली कोरिडोको काम ३ खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । जसमा पहिलो खण्ड इलामको गोदकदेखि झापाको दमकसम्मको काम पूरा भई सञ्चालित छ । तेस्रो खण्डमा पर्ने १३ किलोमिटर थापाटार–काबेली पनि पूरा भएको छ । दोस्रो खण्डको ४२.४३ किलोमिटरमध्ये ११ वटा टावर रहने जोरसल्ला क्षेत्रको काम वनको स्वीकृतिमा भएको ढिलाईले पूरा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="