Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेटी ठेकेदार नै काबेली काेरिडाेरका बाधक, प्रवर्द्धकहरू अराजक भए : कुलमान घिसिङ

ऊर्जा खबर असार २६, २०७६   2980

खबर



काठमाडौं– काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा ‘नियोजित अवरोध’ उत्पन्न भएको छ । आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्ट्रक्सन कम्पनीले काममा लगाए व्यक्तिले निर्माण पाँच दिनदेखि अवरोध गरेका हुन् ।

पेटी ठेकेदारले प्रसारण लाइन निर्माण जिम्मा लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई काम गर्न  दिएको थियो । तर, काम गरेको पैसा नदिएपछि उनीहरुले  अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेका छन् ।

प्रसारण लाइनको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमीटर प्रसारण लाइनमा करिब दुई किलोमीटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्ड संचालनमा आइसकेको छ । लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा छन् । तेस्रो खण्ड असारभित्रमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो ।

कोबेलीमा जोडिने जलविद्युत आयोजनाका प्रवर्द्धकले प्रसारण लाइनको पेटी ठेक्का आफैं लिएर नियोजितरूपमा निर्माणमा ढिलाइ गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना (पेनाल्टी) तिर्नु पर्ने अवस्था आएपछि उनीहरूले नियोजित रूपमा काममा अवरोध गरेको देखिन्छ’,उनले भने ।

बाहिर-बाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनाईदिँदा बिजुली खेर जाने भयो भन्दै हल्ला गर्ने तर भित्र भने आफैँ पेटी ठेक्का लिने गरेकाे घिसिङले आरोप लगाए । पेनाल्टीबाट बच्न नियोजितरूपमा काममा अवरोध गरेर जलविद्युत प्रवर्द्धकले अराजकता मच्चाएकाे उनकाे भनाइ छ ।

पलाञ्चोक भगवती कन्ट्रक्सन रैराङ हाइड्रोपावर डेभलप्मेन्टको आयोजना निर्देशक कुवेरमणी नेपालको कम्पनी हो । रैराङले पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने इवाखोलामा ९.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत काबेली करिडोरको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिनेछ । उक्त आयोजनाले  प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) अनुसार अगामी १ साउनभित्र विद्युत उत्पादन गर्नुपर्छ ।

यसैगरी, अमरपुर सबस्टेसनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना जोडिनेछ । प्राधिकरणसँग भएकाे पिपिए अनुसार आयोजनाको आरसिओडी गत ९ वैशाख गते हो । अरुण काबेलीका अध्यक्ष गुरुप्रसाद न्यौपाने रैराङको पनि कार्यकारी निर्देशक हुन् ।

दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैंले काम लगाएका व्यक्तिलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्धिवेदीले बताए । उनले समस्या समाधान पहल भइरहेकाे बताए ।

पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको छ ।

काबेली करिडोर निर्माण करिब १० वर्ष अघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध,रुख कटान स्वीकृतिमा भएको ढिलाइले आयोजनाको सम्पन्न हुने समय लम्बिँदै गएकाे छ ।  ३ करोड १० लाख अमेरिकी डलर लागत अनुमान रहेको आयोजना सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="