Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरण कलैया वितरण केन्द्रका कर्मचारी घुससहित पक्राउ

ऊर्जा खबर मङि्सर ०, २०७६   2283

खबर



काठमाडौं । बारास्थित नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका कर्मचारी घुससहित पक्राउ परेका छन् । वितरण केन्द्रकाे २ तह  (इलेक्ट्रिकल हेल्पर) मा कार्यरत राजदेव महतो कोइरी सेवाग्राहीसँग घुस लिँदै गरेकाे अवस्थामा पक्राउ परेका हुन् ।

उनलाई ९ हजार रुपैयाँ घुस लिइरहेका बेला अख्तियार दुरुपयाेग अनुसन्धान आयोगका पदाधिकारीले बिहीबार पक्राउ गरेका हुन् । उनले नयाँ मिटर जडान गरिदिने नाममा सेवाग्राहीसँग घुस मागेकाे अख्तियारले जनाएकाे छ ।

ad

पक्राउ परेका काेइरीविरुद्ध अख्तियारले थप अनुसन्धान सुरु गरेकाे छ । अख्तियारले नियन्त्रणमा लिएका उनी अहिले प्राधिकरणबाट स्वतः निलम्बनमा परेका छन् ।

नयाँ मिटर जडान तथा परिवर्तन गर्न अतिरिक्त शुल्क तिर्नु नपर्ने भए पनि प्राधिकरण कर्मचारीले सेवाग्राहीसँग घुस लिने गरेका छन् । वर्षभरीमा सेवाग्राहीसँग घुस लिने दर्जन बढी कर्मचारी अख्तियारकाे फन्दामा परिरहँदासमेत याे क्रम राेकिएकाे छैन ।

तल्लाे तहका कर्मचारीले लिने घुस माथिल्लाे तहसम्म बाँडिने हुँदा सेवाग्राहीसँग रकम असुल्ने कार्य अझै माैलाउँदै गएकाे आराेप प्राधिकरणलाई लाग्ने गरेकाे छ । केही विरतरण केन्द्रले सेवाग्राहीसँग थप रकम असुल्नकै लागि मिटरकाे कृतिम अभाव सृजना गरेर भ्रष्टाचार गरिरहेकाे अख्तियारले जनाएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="