Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

स्थानीयद्वारा सुदूरपश्चिमका ३ जलविद्युत आयोजनामा तोडफोड, १५ करोडको क्षति

ऊर्जा खबर असार २३, २०७६   3100

जलविद्युत



काठमाडौं– सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन ३ जलविद्युत आयोजनामा स्थानीयहरूले तोडफोड गरेका छन् । एक स्थानीय व्यक्तिको मृत्युमा आयोजनाको कामदार संलग्न रहेको आरोप लगाउँदै उत्तेजित भीड तोडफोडमा उत्रिएको हो ।

बझाङको बुंगल नगरपालिकामा गत असार १६ गते ललिता धामीको मृत्यु भएको थियो । उक्त मृत्युमा सानिगाड हाइड्रो डोजर चलाउने एक कर्मचारी संलग्न रहेको स्थानीयले आरोप लगाएका छन् । यसैलाई कारण बनाएर त्यहाँ निर्माणाधीन माथिल्लो कालंगागाड, कालंगा र सानीगाडमा तोडफोड गरिएको जनाइएको छ ।

ad

धामीको मृत्युलाई लिएर असार २० गते बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म आयोजनास्थलमा रहेका गाडीहरू, निर्माण सामग्री, गोदाम, स्टोर, आवासगृहमा तोडफोड गरिएको छ । ठेकेदार सुनाम इन्फ्रास्ट्रक्चरका निर्माण सामग्री तथा आयोजनाका भौतिक संरचना, कार्यालय, उपकरण, क्याम्पलगायतमा क्षति पुगेको जनाइएको छ ।

जलविद्युत विकासमा गलत मनसाय राखी तोडफोड गरिएको भन्दै सानिगाड, कालंगा र बुंगल हाइड्रो प्रालिले विज्ञप्ति निकालेर खेद प्रकट गरेका छन् । गलत क्रियाकलापमा संलग्नलाई हदैसम्मको कारबाही गरी तोडफोडको क्षतिपूर्ति माग गरिएको छ ।

जिल्लाको बुंगल नगरपालिका तथा बित्थडचिर गाउँपालिकामा ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड, १५.३३ मेगावाटको कालंगा र १०.७० मेगावाटको सानिगाड निर्माण भइरहेका छन् । स्थानीयले तोडफोड गर्दा ३ वटै आयोजनामा १५ करोड रुपैयाँबराबरको क्षति पुगेको प्रवद्र्धकहरूको दाबी छ ।

प्रवद्र्धकहरूका अनुसार आयोजना निर्माणक्रममा वागथलादेखि आयोजनास्थलसम्म करिब ५० किलोमिटर सडक निर्माण भएको छ । यस्तै, ५० किलोमिटर ३३ केभी प्रसारण लाइन र ९ किलोमिटर सुरुङ खनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस