Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३२ मेगावाटको करुवा सेती निर्माण हुँदै

ऊर्जा खबर भदौ ०४, २०७६   1675

खबर



काठमाडौं- चालू वर्षबाट ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ । झ्यामोलोङ्मा हाइड्रो पावर कम्पनीले जिल्लाको माछापुच्छ्रे गाउँपालिका भएर बग्ने सेती नदीमा आयोजना निर्माण गर्न लागेको हो ।

कास्कीको औद्योगिक घराना केसी समूहको लगानी रहने आयोजना चालु वर्षबाट निर्माणमा जान लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको संरचना निर्माण गर्न अहिले ठेकेदार छनोटका लागि कागजात तयार भइरहेको छ । ठेकेदार छनोट प्रक्रिया पूरा भएपछि संरचना निर्माणको काम सुरु हुनेछ ।

ad

जिम्मरवारी गाउँमा आयोजनाको बाँध र मिर्सा गाउँमा विद्युतगृह निर्माण गरिनेछ । आयोजनामा बाँध, बालुवा थिग्रयाउने पोखरी, मुख्य सुरुङ, पेनस्टक पाइप, विद्युतगृह र निकास नहरलगायत संरचना निर्माण हुनेछन् ।

बाँध निर्माण गरी करिब ३.५८ किलोमिटर लामो सुरुङमाफर्त विद्युतगृहमा सेती नदीको पानी खसाली विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट २०७९ मा विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको लाहाचोक सवस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

आयोजना सम्पन्न गर्न ५ अर्ब ८० करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ३ बैंकले ४ अर्ब ६ करोड रुपैयाँ ऋण लगानी गर्दैछन् । बैंक र प्रवद्र्धक कम्पनीबीच ऋण लगानी सम्झौता भइसकेको छ । बाँकी स्वपुँजी लगानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस