विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

४५ मेगावाटको कसुवाखोलाको पिपिए

ऊर्जा खबर मङि्सर १४, २०७५ 4447

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले ४५ मेगावाटको कसुवाखोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ । संखुवासभाको कसुवाखोलामा निर्माण हुने आयोजनाको पिपिए भएको हो ।

पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवर्द्धक कसुवाखोला हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक विनय भण्डारीले हस्ताक्षर गरे । पिपिए अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन हुने विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा खरिद गर्नेछ ।

६ महिना सुख्या र ६ महिना बर्खा यामको दर पाउने गरी पिपिए भएको आयोजना प्रबन्धक सुस्मित शर्मा भट्टराईले बताए । उनका अनुसार ९ वर्षसम्म वार्षिक ३ प्रतिशत स्कालेसन आयोजनाले पाउनेछ ।

अध्ययन पूरा भएको आयोजनाको निर्माण १८ महिनापछि सुरु गरिने भएको छ । त्यसअघि आयोजना स्थलसम्म पुग्ने पहुँचमार्गको काम सम्पन्न गरिने कम्पनीले जनाएको छ ।

आयोजनाको ऋण लगानी जोहो गरेर संरचनाको निर्माण थालिने छ । लगानी जुटाउनेबारे बिभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफल भइरहेको पनि उनले बताए ।

आयोजनाको विस्तृत डिजाइन तयार गरेर ठेक्का आह्वान प्रक्रिया अघि बढाइनेछ । ठेकेदार छनाेट गरेर अायाेजना स्थलमा परिचालन गरिने कम्पनीले जनाएकाे छ ।

आयोजनाबाट २०८२ साल साउन ७ गते विद्युत उत्पादन गर्ने तालिका तोकिएको छ । आयोजनाले वार्षिक २ सय ५८ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।

आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत विद्युतगृहदेखि २४ किलोमिटर दुरीमा प्राधिकरणले निर्माण गर्ने सितलपाटी सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="