Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

खाडीचौर-चरिकोट सडक खण्डकाे बेपत्ता ठेकेदारलाई ३ दिने अल्टिमेटम

सागर केसी श्रावण ०५, २०७६   723

सडक



दोलखा- लामोसाँघु-तामाकोशी-जिरी सडक आयोजनाले अलपत्र खाडीचौर–चरिकोट सडक खण्ड स्तराेन्नतिकाे ठेक्का पाएकाे ठेकेदार कम्पनीलाई ३ दिने अल्टिमेटम दिइएको छ । ३ वर्षदेखि सडक अलपत्र छोडेर बेपत्ता भएको गौरीपार्वती–सुनौला खिम्ती जेभी ठेकेदार कम्पनीलाई  उपस्थित हुन समय सीमा तोकिएको हो ।

तोकिएको समयभित्र उपस्थित नभए ठेक्का सम्झौता तोडेर ठेकेदारलाई कारबाही गर्ने चेतावनी आयोजनाले दिएकाे छ । आयोजनाले आइतबार सार्वजनिक सूचना निकालेर ठेक्का सम्झौता रद्द गरी धरौटी र जमानत रकम जफत गर्नेसम्मको चेतावनी दिएको हो ।

ad

‘बर्खामा सवारी आवागमनको प्रबन्ध मिलाउने दायित्व ठेकेदार कम्पनीको हो,’ सूचनामा भनिएको छ,‘तर ठेकेदार जिम्मेवारीबाट भागेको छ । अब पनि हर्कतमा नआए हदैसम्मकाे कारबाही हुन्छ  ।’

यो ठेकेदार कम्पनीले सडक आयोजनाको जिरो किलोदेखि २५ किलोमिटरसम्म स्तरोन्नतिको जिम्मेवारी पाएको थियो । त्यहाँदेखि थप ३० किलोमिटर सडक स्तरोन्नति गर्न शकिल हेदर–शंकरमाली–सुनौला खिम्ती जेभीसँग आयोजनाले ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="