body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कोसी करिडोर प्रसारण लाइन विवादमा प्रदेश सरकारको चासो, समस्या समाधान गर्न कार्यदल गठन

ऊर्जा खबर पुष २९, २०७५   1866

खबर



सुनसरी– निर्माणाधीन २२० केभी कोसी कोरिडोेर प्रसारण लाइनको रुट पर्ने सुनसरीको धरान उपमहानगरपालिका–२० मा देखिएको विवाद समाधान गर्न प्रदेश सरकारले चासो देखाएको छ । उपमहानगरपालिकाले प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने माग राखेर निर्माण रोकेपछि मुख्यमन्त्री शेरधन राईले समस्या समाधानको पहल अघि बढाएका हुन् ।

ad

मुख्यमन्त्री राईले कोसी करिडोर प्रसारण लाइन प्रदेश १ को जलविद्युत विकासका लागि मुख्य मेरुदण्ड भएकाले समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले निर्माणमा अवरोध नगरीकन आयोजना प्रभावितका लागि जीविकोपार्जन तथा अन्य लाभ दिने विषयमा छलफल गर्न सकिने बताए ।

कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरान उपमहानगरपालिका आयोजना असफल बनाउने पक्षमा नरहेको बताइन् । ‘समस्या भएका स्थानमा प्राविधिक समिति बनाइएर विवाद समाधान गरौं, रुट परिवर्तन गर्न पनि विवादरहित ठाउँ दिनसक्नु पर्छ । यसतर्फ हामी सचेत हुनुपर्छ’,उनले भनिन् ।

मुख्यमन्त्री राईसहित सनिवार सभामुख, सुनसरी–१ का सघीय सांसद, प्रमुख जिल्ला अधिकारी, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, उपमहानगरपालिका कार्यवाहक मेयर संलग्न टोलीले विवादास्पद प्रसारण लाइनको स्थलगत निरीक्षण गरेको छ । सराेकारवालाहरुकाे उपस्थितिमा उपमहानगरपालिका–२० मा देखिएको समस्या समाधान गर्न कार्यदल गठन भएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या पहिचान गरि समाधान गर्न प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति, ठेकेदार तथा परामर्शदाता कम्पनी र स्थानीय राजनीतिक दलका एक÷एक जना प्रतिनिधि संलग्न छन् । कार्यदलले एक साताभित्र समस्या पहिचान गरि समाधानका उपायसहितको प्रतिवेदन प्रदेश–१ का मुख्य मन्त्री शेरधन राई समक्ष बुझाउनेछ ।

उपमहानगरपालिकाले प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरिएमा २० नम्बर वडामा पर्ने पर्यटकीय स्थलमा असर पर्ने भन्दै रुट परिवर्तन गरेर २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको थियो । उपमहानगरपालिकाले नै रुट परिवर्तनको प्रस्ताव गरेपछि विवाद उत्पन्न भई अहिले प्रसारण लाइनको निर्माण रोकिएको छ ।

विद्युत प्राधिकरणले उपमहानगरपालिको दाबी अनुसार पर्यटकीय स्थलमा प्रसारण लाइनले असर नगर्ने बताउँदै आएको छ । लाइन निर्माण गर्दा असर पर्ने क्षेत्रको चेक सर्भे गर्ने क्रममा नै संबोधन भइसकेकाले अब रुट सार्न नसकिने प्राधिकरणको भनाई छ ।

प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरेको छ ।

उपमहानगरपालिकाले भने यो रुटलाई परिवर्तन गरी भेडेटार–चुलिकोट(घुमाउने डाँडा)–खैरे–कोकाहा खोला–भालुढुंगा हुँदै सर्दू खोला हुँदै लैजान भनेको हो । उपमहानगरपालिकाअनुसार, प्राधिकरणको प्रस्तावित क्षेत्रमा विष्णुपादुका मन्दिर पर्दछ । ब्रिटिस गोर्खा मेमोरियल पार्क, बोटानिकल गार्डेन, ओशो ध्यान शिविर निर्माणाधीन छन् । कोकाखोलामा कृत्रिम तालको अध्ययन, साहसिक पर्यटनको रुपमा प्याराग्लाइडिङको व्यवसायीक उडान, रक क्लाईम्बिङ, साईक्लिङ तथा हाइकिङका रुट पहिचाइ भई निर्माण भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्राधिकरणले भने चेक सर्भेको समयमा धरानका तत्कालीन नगर प्रमुख तथा सम्बन्धित सरोकारवालाहरुसंग छलफल भई चिन्डे डाँडाको प्याराग्लाईडिङ्ग प्वाईन्ट र प्रस्तावित भ्यू टावर लाई असर नपर्ने गरि प्रस्तावित भ्यू टावर बाट ३०० मिटर भन्दा माथि बाट कायम गरिएको, धरानमा बिद्यमान अरु थप दुई प्याराग्लाईडिङ्ग प्वाईन्टलाई पनि प्रसारण लाईनले कुनै असर नपार्ने जनाएको छ ।

रुट परिवर्तन गर्दा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदमा संशोधन गर्नु पर्ने  र यसको पुनः अध्ययन गरि स्वीकृतिको प्रकृया अगाडि बढाउँदा कम्तीमा पनि २ वर्षको समयावधि लाग्ने हुँदा निर्माणमा ढिलार्इ भइ काेसी काेरिडाेरमा निर्माणाधीन अायाेजनाकाे विद्युत खेर जाने अवस्था अाउने प्राधिकरणले स्पष्ट पारेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="