Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

१४ मेगावाटको कुलेखानी–तेस्रो १२ वर्षमा पूरा हुँदै, एक सातामा ग्रिडमा जोडिने

ऊर्जा खबर जेठ २७, २०७६   1310

खबर



काठमाडौं– निर्माण सुरु भएको झन्डै १२ वर्षपछि १४ मेगावाटको कुलेखानी तेस्रो जलाशय जलविद्युत आयोजना पूरा हुने अवस्थामा पुगेको छ । उपकरण परीक्षण भइरहेकाले अबको करिब एक सातामा विद्युत ग्रिडमा जोड्ने योजना छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको आयोजनाको काम २०६४ सालमा सुरु गरिएको थियो । निर्माणमा कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप, स्थानीय अवरोध, ठेकेदारको लापरबाही लगायत कारणले आयोजना पूरा हुन १२ वर्ष लागेको छ ।

आयोजनामा ७–७ मेगावाटका दुई युनिट छन् । पहिलो युनिट सफलता साथ परीक्षण सकिएको र केही दिनमा दोस्रोको सुरु हुने प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक सुनिलकुमार ढुंगेलले बताए ।

‘एक–दुई दिनमा दोस्रो युनिट परीक्षण सुरु हुन्छ, सबै ठिक भयो भने एक सातामा ग्रिडमा विद्युत प्रवाह हुन सक्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘उत्पादन परीक्षण गर्न कुलेखानी पहिलो सञ्चालन हुनुपर्छ । त्यही तालिका मिलाएर हामी उत्पादन सुरु गर्छौं ।’

उत्पादित विद्युत विद्युतगृहदेखि करिब ५ सय मिटर दूरीको हेटौंडा–काठमाडौं १३२ केभी लाइनमा ‘ट्याप (जोडिने)’ गरिने छ । प्रसारण लाइन तथा टावरको काम करिब पूरा भएको पनि ढुंगेलले जानकारी दिए ।

विद्युत उत्पादनपछि देशमा जलाशय आयोजनाको जडित क्षमता एक सय ६ मेगावाट हुने छ । अहिले कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) सञ्चालनमा छन् । कुलेखानी नै अहिलेसम्म देशको विद्युत माग र आपूर्तिबीच सन्तुलन मिलाउने मेरुदण्ड बनेको छ ।

आयोजनाको सिभिल र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल निर्माणको ठेक्का चिनियाँ कम्पनीहरू सिनो हाइड्रो र झेजियाङ जिनलुनले पाएका थिए । हाइड्रो तथा इलेक्ट्रो मेकानिकल ठेकेदारकै लापरबाहीले आयोजना धेरै समय लम्बियो ।

सिभिलतर्फको काम पूरा गर्न झन्डै ८ पटक ठेक्काको म्याद थपिएको थियो । यस्तै, इलेक्ट्रो तथा हाइड्रो मेकानिकलको काम पूरा गर्न ९ पटकसम्म समय थपिएको थियो । १४ मेगावाटको आयोजना पूरा गर्न यतिका समय लाग्नु आफैंमा आश्चर्य हो ।

३ वर्ष ८ महिनाभित्र निर्माण पूरा गर्ने गरी सुरु भएको आयोजना झन्डै १२ वर्षमा पूरा भएको छ । सुरु लागत २ अर्ब ४३ करोड रुपैयाँ भए पनि अहिलेसम्म झन्डै ५ अर्ब रुपैयाँ पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाबाट विद्युत उत्पादन भई ठेकेदारका दाबी विरोधको टुंगो लागेपछि मात्र यकिन लागत आउँछ । अहिलेसम्म खर्च भएको रकमका आधारमा आयोजनाको लागत प्रतिमेगावाट करिब ३६ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="