Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलाशय भरिँदा कुलेखानी पहिलाे र दाेस्राेबाट दैनिक २२ लाख युनिट विद्युत उत्पादन

ऊर्जा खबर श्रावण ०६, २०७६   2006

जलविद्युत



काठमाडौं- यो वर्ष मध्य बर्खामा पनि कुलेखानी जलाशय २४ घन्टा सञ्चालन गरिएको छ । पानीको सतह बढेर जलाशय भरिने अवस्थामा पुगेपछि नियमित सञ्चालन गरेर विद्युत उत्पादन गरिरहेको हो ।

कुलेखानी जलाशयमा पर्याप्त पानी भएकाले अहिले पहिलाे (६० मेगावाट) र दाेस्राे (३२ मेगावाट) विद्युतगृह २४ सै घन्टा सञ्चालन गरिएकाे छ । यसरी सञ्चालन गर्दा दुवैबाट दैनिक २२ सय ८ मेगावाट घन्टा (२२ लाख ८ हजार युनिट) विद्युत उत्पादन भइरहेकाे जनाइएकाे छ ।

ad

अहिले १४ सय मेगावाट घन्टा (१४ लाख युनिट)  विद्युत उत्पादन भइरहेको कुलेखानी पहिलो जलविद्युत केन्द्र प्रमुख रामकुमार यादवले बताए । उनका अनुसार जलाशयमा पानीको सतह खतराको लेबलसम्म पुग्न नदिन नियमित सञ्चालन गरिएको हो । ‘यस पटक जलाशयमा पानीको सतह तीव्र गतिमा बढेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘असारमै भरिएको जलाशयको पानी पोखिन नपाओस भनेर मध्ये बर्खामा पनि सञ्चालन गर्नु परेको छ ।’

यस पटक जलाशयमा १५२७.२१ मिटर पानी भरिएको उनले बताए । दैनिक २४ घन्टा सञ्चालन हुँदा जलाशयको पानी १ सेन्टिमिटर घट्ने गरेको पनि उनले बताए ।

‘अरु समयमा ३ सेन्टिमिटर पानी घट्थ्यो । अहिले पानीको सतह घट्ने र थपिने अनुपात उस्तै छ’ उनले भने । सोमबार बिहान ११ बजेसम्मको विवरण अनुसार जलाशयको पानीको सतह १५२६.४२ मिटर मापन गरिएको छ । जलाशयमा पानी थपिने अवधि ४ महिना अझै बाँकी रहेकाले यो वर्षको हिउँदको माग व्यवस्थापन गर्न सहज हुने उनले दाबी गरे ।

देशको विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउने कुलेखानी एकमात्र जलाशय आयोजना हो । जलाशयकै पानीबाट अहिले ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको दोस्रो विद्युतगृह सञ्चालनमा छन् । अब १४ मेगावाटको तेस्रो आयोजना सञ्चालनमा आउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="