Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युत भण्डार कुलेखानी जलाशय ४ वर्षपछि भरिँदै, हिउँदलाई सुखद

ऊर्जा खबर असार २, २०७६   1462

जलविद्युत



काठमाडौं— विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको देशकै पहिलो कुलेखानी जलाशय ४ वर्षपछि भरिने भएको छ । पछिल्लो समय जलाशय क्षेत्रमा निरन्तर पानी परिरहेकाले चाँडै नै जलाशय भरिने अवस्था देखिएको हो ।

आज (आइतबार) अपरान्ह १२ बजेसम्म जलाशयको सतह १५२० मिटरभन्दा बढी भएको कुलेखानी पहिलो जलविद्युत केन्द्र प्रमुख रामकुमार यादवले बताए । गत शुक्रबारपछि ३ दिनमै करिब जलाशयमा १२ मिटर पानी थपिएको छ ।

ad

यादवका अनुसार यही दरमा पानी परिरहे साउनको दोस्रो साताभित्रै जलाशय भरिन्छ । ‘जलाशयमा पानीको सतह दैनिक बढिरहेकै छ,’ उनले आइतबार ऊर्जा खबरसँग भने, ‘यसको क्षमता १५३० मिटर भएकाले अब भरिन ९.७५ मिटर बाँकी छ ।’

केन्द्रका अनुसार शुक्रबार १५०८.९१ मिटर रहेको पानीको सतह आइतबार अपरान्हसम्म बढेर १५२०.२५ मिटर पुगेको छ । नियमित वर्षाले जलाशयमा पानीको सतह ह्वात्तै माथि आएको छ । कुलेखानीमा पानी भरिँदै जानुका साथै अहिले नदी प्रवाही आयोजना पूर्ण क्षमतामा सञ्चालन भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

गत वर्ष (२०७५ साल) बर्खा सकिँदा जलाशलयको सतह १५२५.६२ मिटरसम्म पुगेको थियो । पूर्ण भरिन ४.३८ मिटर बाँकी थियो । यसैगरी, २०७४ सालमा पनि जलाशय भरिएको थिएन । त्यतिबेला बर्खा सकिँदासम्म १५२३ मिटरसम्म मात्र पानी भरिएको थियो ।

देशको विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउने कुलेखानी एकमात्र जलाशय आयोजना हो । जलाशयकै पानीबाट अहिले ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको दोस्रो विद्युतगृह सञ्चालनमा छन् । १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना सञ्चालनमा आउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="