Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कुलेखानी जलाशयमा पानीको सतह बढ्न थाल्यो

ऊर्जा खबर असार २६, २०७६   879

जलविद्युत



काठमाडौं– विद्युत माग र आपूर्तिबीच बलियो सन्तुलन कायम गर्ने कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह बढ्न थालेको छ । त्यस क्षेत्रमा पानी पर्न सुरु भएपछि सतह बढ्न थालेको हो ।

दैनिक १.२ मिटरले बढ्न थालेको जलायशको सतह अहिले करिब १५०९ मिटर पुगेको कुलेखानी पहिलो जलविद्युत केन्द्रका प्रमुख रामकुमार यादवले जानकारी दिए । उनका अनुसार गत वर्ष यही समयको तुलनामा ०.९२ मिटर कम हो । गत वर्ष पानीको सतह १५०९.८६ मिटर थियो ।

ad

३ दिनअघि जलाशयको सतह न्यूनतम १५०५.४५ मिटर रहेकोमा छोटो समयमै ३.४७ मिटरले बढेको यादवले बताए । ‘जलाशय क्षेत्र वरपर अहिले पर्याप्त पानी परिरहेको छ,’ उनले भने, ‘यसरी नै पानी परिरहे जलाशय भरिनेछ ।’

विद्युतकेन्द्र अहिले आवश्यकता अनुसार १ सय ५० देखि २ सय मेगावाट घन्टासम्म सञ्चालन हुने गरेको छ । जलाशयको अधिकतम क्षमता १ हजार ५ सय ३० मिटर हो । देशको विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउने कुलेखानी एकमात्र जलाशय आयोजना हो ।

जलाशयकै पानीबाट अहिले ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको दोस्रो विद्युतगृह सञ्चालनमा छन् । अब १४ मेगावाटको तेस्रो आयोजना सञ्चालनमा आउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="