Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्रसारण लाइन निर्माण गर्न नदीभित्र पनि अवरोध छः कुलमान

ऊर्जा खबर पुष २९, २०७५   580

खबर



काठमाण्डाै– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको नदीभित्र पर्ने टावर निर्माणमा पनि विवाद हुने गरेको बताएका छन् । कोसी कोरिडोर प्रसारण लाइनको रुट पर्ने धरान नगरपालिका–२० मा देखिएको समस्या समाधानको पहल गर्न सुनसरी पुगेका घिसिङले सरोकारवालासँगको भेटमा यस्तो बताएका हुन् ।

ad

आफ्नो निजी जग्गाबाहेक स्थानीयले नदीभित्र निर्माण हुने प्रसारण लाइनका संरचनाको विरोध गर्ने गरेको उनले बताए । ‘नदीभित्र प्रसारण लाइनको संरचना निर्माण गर्नु आफैँमा जोखिमपूर्ण काम हो,’ उनले भने,‘४० मिटर गहिराईमा नदीभित्र निर्माण हुने संरचनामा समेत विवाद झिकिदिनने परम्पराले प्रसारण लाइनको निर्माणलाई अस्त व्यवस्त बनाएको छ । ’

उनले विवादकै कारण हेटौडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइनको नदीभित्र पर्ने टावर निर्माण चुनौतीपूर्ण बनेको बताए । यो प्रसारण लाइन सप्तकोसी पारी पुर्याउन नदीभित्र ७ वटा टावर निर्माण गर्नुपर्ने उनले बताए ।

ad

‘वन, निजी जग्गा हुँदै नदीमा टावर बनाउन बिरोध भएपछि प्रसारण लाइनको टावर कहाँ निर्माण गर्ने ?’  भनेर उनले प्रश्न गरे । धरान उपमहानगरपालिकाको प्रस्ताव अनुसार प्राविधिकरूपमा कोसी कोरिडोर लाइनको रुट परिवर्तन गर्न नमिल्ने घिसिङले जिकिर गरे ।

‘उपमहानगपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर गरेको छैन,’ उनले भने,‘ पहिले नै तय भएको रुट परिवर्तन गर्दा यसको प्रभाव देशभर पर्छ । र अरु प्रसारण लाइन आयोजनाको पनि काम प्रभावित हुन्छ ।’ उनले प्रभावितलाई दिन सकिने सामाजिक सुरक्षाका विषयमा छलफल गर्न सकिए पनि रुट परिवर्तन गर्न नसकिने स्पष्ट पारे ।

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोर प्रसारण लाइनको निर्माण अघि बढाएको छ ।

यो कोरिडोरमा जोड्ने गरी प्राधिकरणले निजी क्षेत्रका ५ सय १६ मेगावाटका २८ आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । पिपिए भएका यी आयोजना निर्माणको विभिन्न चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा यी आयोजनाबाट उत्पादित विद्युत खेर जानेछ ।

करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १ सय ५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ । दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, संखुवासभाको वानेश्वर र तुम्लिङटारमा २०७७ फागुनभित्र सबस्टेसन सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।

प्रसारण लाइनको तेस्रो प्याकेज अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता निर्माण प्रक्रिया अघि बढाइएको छ । यो प्याकेजको लाइन २०७८ को मंसिरमा सम्पन्न गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="